२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

विश्वदीपसँग छाडा चौपाया व्यवस्थापनको माग

विश्वदीपसँग छाडा चौपाया व्यवस्थापनको माग

विश्वदीपसँग छाडा चौपाया व्यवस्थापनको माग

विश्वदीपसँग छाडा चौपाया व्यवस्थापनको माग

विश्वदीपसँग छाडा चौपाया व्यवस्थापनको माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • तिलोत्तमा  । तिलोत्तमा नगरपालिकावासी मतदाताले रूपन्देही क्षेत्र नं. २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ समक्ष छाडा चौपायाको समस्या डरलाग्दो बन्दै गएको भन्दै समस्याको समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।


    मतदाताले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट तारा चुनाव चिन्ह लिएर उम्मेदवार रहेका पाण्डे समक्ष विभिन्न अपेक्षा राख्दै छाडा चौपायाका कारण खेप्नु परेको सास्तीबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । र, तिलोत्तमा वडा नं. १ मा रहेको गौशाला अन्यत्र सार्न माग गरेका छन् ।


    तिलोत्तमा नगरपालिकाभित्र रहेका छाडा चौपायाले समस्या पारिरहेका बेला भैरहवामा रहेका छाडा चौपाया समेत गौशालामा ल्याईने र केही दिनमै छाडिने गरेको गुनासो स्थानीयको छ ।


    घरदैलोको क्रममा आइतबार तिलोत्तमाको वडा नं. १ मा पुगेका पाण्डेसँग स्थानीय व्यवसायी टिकाराम भण्डारीले आफूहरूको पीडाप्रति कसैले पनि वास्ता नगरेको गुनासो गरे । भण्डारीले अहिलेसम्म आफ्ना समस्या सुन्ने र देख्ने निकाय नभएको भन्दै उम्मेदवार विश्वदीपलाई अभिभावकीय भूमिका खेल्न आग्रह गरे  ।


    छाडा चौपायाले स्थानीय कृषकको बालिनालीमा हानी नोक्सानी पु¥याउनुका साथै व्यवसायीलाई समस्या पार्दै आएका छन् ।  त्यतिमात्र होइन, छाडा चौपायाकै कारण सडक दुर्घटना बढ्नुकासाथै गाउँशहरमा फोहर समेत बढिरहेको छ । मतदाताका मौखिक र लिखित समस्याबारे जानकारी लिएपछि उम्मेदवार पाण्डेले जनताका समस्या पुरा गर्न आफू प्रतिबद्ध रहेको बताउँदै सरोकारवाला निकायसँगको समन्वयमा समस्याको अल्पकालिन र दीर्घकालिन योजना बनाएर समाधान गरिने उल्लेख गरे । तिलोत्तमाका मतदाताले उम्मेदवार पाण्डेसँग तिनाउ नदीबाट आउने तपाह खोलाको पानीमा केमिकल, प्लाष्टिक र फोहर बगेर आउँदा धेरै कृषक प्रभावित भएको गुनासो समेत गरे । कृषकको स्वास्थ्य सुरक्षाका लागि बुटवल क्षेत्रबाट नै फोहर फाल्न नदिई फोहरको वैज्ञानिक व्यवस्थापन गनुपर्ने उनीहरूको माग छ ।


    स्थानीय व्यवसायी भण्डारीसहितले रूपन्देही क्षेत्र नं. २ का उम्मेदवार पाण्डेलाई विभिन्न समस्याबारे १२ बूँदामा लिखित जानकारी गराउँदै तिलोत्तमावासीका साझा माग र मुद्दाप्रति गम्भीर बन्न अनुरोध गरेका थिए । केहीबेर स्थानीयका समस्या सुनेपछि पाण्डेले यस क्षेत्रका समस्या समाधानका लागि जुनसुकै चुनौतीको सामना गरेर भएपनि हल गर्ने प्रतिबद्धता व्यक्त गरे ।


    उनले आफू यहीं क्षेत्रमा जन्मेहुर्केको व्यक्ति भएकाले आश्वासन बाँडेर भोट बटुल्न आफू नआएको बताए । विगतमा आफूले संघीय सरकारको नेतृत्व गरेका नेताहरूसँग सहकार्य गर्ने अवसर पाएको र त्यो अनुभवलाई यस क्षेत्रका समस्या समाधान र विकासमा योगदान गर्न चाहेकाले उम्मेदवारी दिएको उनले मतदातासमक्ष बताएका थिए । उनीसँगको भेटमा मतदाताले विगतका उम्मेदवारले जस्तो आश्वासन मात्रै बाँडेर धोका नदिन र विजयीपछि काम विशेषबाहेक गाउँ छाड्ने काम नगर्न आग्रह गरेका थिए । मतदातालाई आश्वस्त पार्दै उम्मेदवार पाण्डेले निर्वाचन सम्पन्न भएपछिका दिनमा जनपक्षीय काम गर्ने सवालमा कुनै शंका नगर्न र त्यसको परिणाम निर्वाचनपछि देखिने बताए ।


    नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्तासहितको घरदैलो तिलोत्तमाको वडा नं. १ को बुद्धटोल, नयाँ चपरहट्टी टोल, शिवचोक, प्यारामाउण्ट टोल, मिलनटोल, प्रगतिटोल, सरस्वती टोलमा गरिएको निर्वाचन समितिका संयोजक नारायण जीसी ‘निर्मल’ले बताए । उनका अनुसार वडा नं. ५ को नयाँमिल, डाइभरटोल र वडा नं. ४ को शिवपुरलगायतका क्षेत्रमा घरदैलो गरिएको छ । घरदैलोका क्रममा मतदातालाई आफ्नो अमूल्य भोटले पाँच वर्षको लागि भाग्य र भविश्यको फैसला गर्ने भएकाले निकै संयमित र विचार पु¥याएर मतदान गर्न आग्रह गरिएको संयोजक जीसीको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij