२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उम्मेदवार पतिलाई जिताउन श्रीमतीहरूको दौडधुप

उम्मेदवार पतिलाई जिताउन श्रीमतीहरूको दौडधुप

उम्मेदवार पतिलाई जिताउन श्रीमतीहरूको दौडधुप

उम्मेदवार पतिलाई जिताउन श्रीमतीहरूको दौडधुप

उम्मेदवार पतिलाई जिताउन श्रीमतीहरूको दौडधुप
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण १३ २०८२
बुधवार, फाल्गुण १३ २०८२
  • सनिउल्ला धोबी/ कपिलवस्तु । कपिलवस्तुका तीनवटै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरू चुनावी मैदानमा होमिएका बेला उनीहरूका श्रीमतीहरू पनि सक्रिय रूपमा घरदैलो अभियानमा खटिएका छन् ।


    कपिलवस्तु क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानको श्रीमती देवकला सुवेदी (डिना), क्षेत्र नं. २ का उम्मेदवार सुरेन्द्रराज आचार्यको श्रीमती जीवन आचार्य र  क्षेत्र नं. ३ का उम्मेदवार अभिषेक प्रताप शाहको श्रीमती हिमानी मिनाक्षी शाह आफ्ना पतिलाई मत माग्न दिनहुुँ मतदाताको घरदैलोमा धाइरहेका छन् ।

    मुसलमान, आचार्य र शाह पूर्व सांसद हुन् ।  कपिलवस्तुको तत्कालीन क्षेत्र नं. २ बाट दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र भई मुसलमानले चुनाव जितेका थिए ।

     सुरेन्द्रराज आचार्य संविधानसभाको एकपटक र संघीय सांसद भई एकपटक राज्यमन्त्री र एकपटक संघीय मन्त्री भएका हुन् ।
     त्यसैगरी कपिलवस्तु क्षेत्र नं. ३ बाट लगातार तीन पटक सांसद भएका अभिषेक प्रताप शाह अहिले पनि कांग्रेसबाटै उम्मेदवार छन् । तीनैजनाका श्रीमतीहरू अहिले आफ्ना श्रीमानलाई जिताउन चुनावी दौडधुपमा छन्  । 

     उम्मेदवारको पक्षमा माहोल बनाउन, महिला मतदातासँग प्रत्यक्ष संवाद गर्न र विकासका एजेण्डा घर–घर पु¥याउन श्रीमतीहरू नै अग्रपंक्तिमा उत्रिएका छन् । पूर्व शिक्षिका रहेकी सुवेदी बिहानै महिला कार्यकर्ताको समूहसहित गाउँ–टोलमा पुग्छिन् र बेलुका अबेर मात्र घर फर्किन्छिन् ।

    घरदैलोका क्रममा उनले मतदातालाई कांग्रेसका एजेन्डा, आफ्ना पतिले अघि सारेका विकास योजना तथा विगतमा गरेका कामबारे जानकारी गराउँछिन् ।  ‘श्रीमानलाई जिताउन पर्छ भनेर त्यसैअनुसार दिनरात खटिएकी छु ।’–सुवेदीले भनिन् । 

    महिला मतदातासँग प्रत्यक्ष संवाद गर्दा उनीहरूका समस्या, गुनासा र सुझाव पनि संकलन गरिरहेको उनी बताउँछिन् । 
    क्षेत्र नं. २ मा कांग्रेस उम्मेदवार सुरेन्द्र राज आचार्यकी श्रीमती जीवन आचार्य पनि दैनिक रूपमा घरदैलो अभियानमा सक्रिय छन् । 
    तौलिहवा, इमिलिया, मर्यादपुरलगायतका क्षेत्रमा कार्यकर्ता भेटघाट र टोलसभा गर्दै उनी मत मागिरहेकी छन् ।
    उनले आफ्नो श्रीमान सुरेन्द्रले विगतमा गरेका विकास निर्माणका कामलाई मतदाता सामु प्रस्तुत गर्दै फेरि पनि मत दिन मतदातासँग अनुरोध गरिरहेकी छन् ।

    ‘मेरो श्रीमानले क्षेत्रमाधेरै विकासका काम गर्नुभएको छ । फेरि पनि अरू काम गर्न चुनाव जिताउनुपर्ने छ, त्यसैले म पनि खटेकी छु ।’– जीवनले भनिन् । जीवनले महिला समूह, आमा समूह र युवतीहरूसँग विशेष भेटघाट कार्यक्रम राखेर महिला मतदाताको मत तान्ने प्रयास गरिरहेको बताउँछिन् । 

    क्षेत्र नं. ३ का कांग्रेस उम्मेदवार अभिषेक प्रताप शाहकी श्रीमती हिमानी मिनाक्षी शाह पनि चुनावी अभियानमा उत्तिकै सक्रिय छन् । बिहान घरायसी काम सकेर उनी मतदाताको घरदैलोमा पुग्छिन् । उनी विशेषगरी महिला मतदातासँग पुगेर पतिलाई भोट माग्छिन् । 

    तीनपटक सांसद हुँदा पतिले गरेका पूर्वाधार विकास, शिक्षा तथा सामाजिक क्षेत्रमा गरेका कामका विषयमा जानकारी गराउँदै हिमानीले मत दिन आग्रह गर्छिन् । स्थानीय महिला मतदाताहरूले पनि उम्मेदवारका श्रीमती प्रत्यक्ष आएर मत माग्दा उम्मेदवारप्रति विश्वास बढेको प्रतिक्रिया दिने गरेका उनले बताइन् । 

    नेकपा एमालेका उम्मेदवार वीरेन्द्र कानोडियाकी श्रीमती सुलेखा कानोडिया पनि श्रीमानसँगै चुनावी मैदानमा खटेकी छन् । सुलेखाको घरदैलो बिहानैबाट सुरु हुन्छ । दिनभरि पति वीरेन्द्रसँगै हात जोडेरसँगै सुलेखाले पनि मतदातासँग भोट माग्ने गरेको उनले बताइन् । 

    यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरियाकी श्रीमती पवित्रा पराजुली रजौरियाले पनि महिला मतदातासँग पतिलाई जिताउनका लागि महिलाको टोली लिएर खटिएकी छन् । ‘मधेसका चेलीबेटी दिदीबहिनीहरू निकै पछि परेको अवस्था बुझ्न यो घरदैलोले मौका दियो ।’–उनले भनिन् । 


    महिला सहभागिताले थप्यो बेग्लै रौनक 
    चुनावी मैदानमापुरूष उम्मेदवारका जीवनसाथीहरू सक्रिय भएपछि चुनावी माहोलमा फरक रौनक थपिएको मतदाताहरू बताउँछन् ।

     घरदैलोमा महिला नेतृत्व देखिनुले महिला मतदाताको सहभागिता र उत्साह बढेको स्थानीयहरूको भनाइ छ ।
    राजनीतिमा प्रत्यक्ष रूपमा नदेखिएका महिला अनुहारहरू चुनावका बेला सक्रिय रूपमा उत्रिनु सकारात्मक भएको मतदाताहरू बताउँछन् ।

    परिवारको साथ र समर्थनले उम्मेदवारलाई थप ऊर्जा मिल्ने र मतदातासँग भावनात्मक सम्बन्ध पनि मजबुत हुने एमाले उम्मेदवार वीरेन्द्र कानोडिया बताउँछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij