बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलोपटक चरम निराशामा रहेको बताएका छन् । प्रतिनिधिसभामा आइतबार विश्वासको मत माग्दै उनले राजस्व लक्ष्यको ७६ प्रतिशत मात्र उठेको बताए । कम राजस्व उठेकाले अर्थतन्त्रको अवस्था देखाएको उनले बताए ।
बैंकमा पैसा थुप्रेको उनले बताए । लगानी गर्ने व्यक्तिहरू तयार नभएको प्रधानमन्त्रीको भनाइ छ । सरकार थालेको काम सकियो भनेर सुनाउन चाहेको उनले बताए ।
प्रधानमन्त्रीले केपी शर्मा ओलीले कांग्रेस–एमालेबीच १७ असारमा भएकाे सातबुँदे सहमति सार्वजनिक गरेका छन् । उनले प्रतिनिधिसभाकाे बैठकमा सम्बाेधन गर्ने क्रममा सातबुँदे सहमति वाचन गरेका हुन् ।
ओलीले जनतामा आशा र उत्साहको सञ्चार गराई देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान वर्तमान सरकार बनेको बताएका छन् ।
देशप्रति आम जनताको भरोसा टुटेको डरलाग्दो अवस्था मुलुकमा विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा व्याप्त निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको बताए ।
उनले सरकारले सो काम गर्नेमा ढुक्क हुन पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था दयनीय रहेको पनि उल्लेख गरे ।




