२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

युवा र विपन्न परिवार प्राथमिकतामा : गौरव बोहरा

युवा र विपन्न परिवार प्राथमिकतामा : गौरव बोहरा

युवा र विपन्न परिवार प्राथमिकतामा : गौरव बोहरा

युवा र विपन्न परिवार प्राथमिकतामा : गौरव बोहरा

युवा र विपन्न परिवार प्राथमिकतामा : गौरव बोहरा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १५ २०८२
शुक्रवार, फाल्गुण १५ २०८२
  • भैरहवा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार गौरव बोहराले युवा तथा उद्यमशीलतामुखी र विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने कार्यक्रम अघि सार्ने बताएका छन् । युवालाई स्वरोजगार बनाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धतासहित उनले क्षेत्रका युवाहरूको वैदेशिक रोजगारीमा बढ्दो निर्भरता र स्थानीय स्तरमै अवसर प्रदान गर्ने र विपन्न परिवारको अवस्था नाजुक रहेको पाएकोले आधारभूत आवश्यकता बासको व्यवस्थापन घामपानीबाट जोगिन सुरक्षित घर बनाउने सपना  रहेको बताए ।


    आर्थिक अभावका कारण उचित बसोबासको व्यवस्था गर्न नसकेका विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण गर्ने प्रतिबद्धता छ । यस्तै यस क्षेत्रका धेरै युवा सीप र क्षमता हुँदाहुँदै पनि आवश्यक पुँजी, तालिम र बजार पहुँच नपाउँदा विदेशिन बाध्य भएकोले त्यसको अन्त्यको लागि आफुले कार्य गर्ने उनको भनाइ छ । यही अवस्थालाई परिवर्तन गर्न स्वरोजगार र साना उद्यम प्रवद्र्धनमा जोड दिने बोहराले बताए ।


    ‘रोजगारी खोज्दै विदेश जानु युवाको बाध्यता बन्नु हुँदैन,’ बोहराले भने–‘स्थानीयस्तरमै उद्यम सुरु गर्न सक्ने वातावरण, सहुलियत ऋण र सीपमूलक तालिमको व्यवस्था गर्नु आवश्यक छ ।’


    उनले कृषि, पशुपालन, साना उद्योग, प्रविधिमैत्री व्यवसाय र स्टार्टअप प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने बताए । स्थानीय उत्पादनको बजारीकरण, सहकारी तथा बैंकमार्फत् सहुलियत वित्तीय पहुँच र तालिम केन्द्रसँग समन्वय गरेर युवालाई आत्मनिर्भर बनाउने योजना रहेको उनको दाबी छ ।


    ‘सरकारको भूमिका युवालाई जागिर दिने मात्र होइन, व्यवसाय गर्ने आधार तयार गरिदिने हो,’ उम्मेदवार बोहराले भने–‘नीति र कार्यक्रममार्फत् स्वरोजगारलाई व्यवहारमै उतार्ने प्रयास गर्छु ।’


    उनले युवाको ऊर्जा र सीपलाई सही दिशामा उपयोग गर्न सके क्षेत्रको आर्थिक गतिविधि स्वतः चलायमान हुने भन्दै स्वरोजगारमैत्री वातावरण निर्माणलाई आफ्नो एजेन्डा बनाएको बताए ।


    उनले लालपुर्जाविहीन नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गर्न पहल गर्ने, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने, स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन गर्ने, यौनिक अल्पसंख्यक तथा फरक क्षमता भएका नागरिकको सम्मानजनक जीवन सुनिश्चित गर्ने र नगर क्षेत्रमा फोहोरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना पनि अघि सारेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij