२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

ऐतिहासिक बुटवलको व्यवस्थित विकासमा चुन्नको जोड

ऐतिहासिक बुटवलको व्यवस्थित विकासमा चुन्नको जोड

ऐतिहासिक बुटवलको व्यवस्थित विकासमा चुन्नको जोड

ऐतिहासिक बुटवलको व्यवस्थित विकासमा चुन्नको जोड

ऐतिहासिक बुटवलको व्यवस्थित विकासमा चुन्नको जोड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १५ २०८२
शुक्रवार, फाल्गुण १५ २०८२
  • बुटवल । नेपाली कांग्रेस रूपन्देही–२ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुग्दा उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले  चुनाव जित्नेमा विश्वस्त भएको बताएका छन्  । घरदैलो कार्यक्रमको ९औं दिन बिहीबार बुटवल उप–महानगरपालिका वडा नं. १२ र वडा नं. २ को घरदैलोका क्रममा प्रतिक्रिया दिँदै कांग्रेस उम्मेदवार पौडेलले घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताहरूको सक्रिय सहभागीता र मतदाताहरूले देखाएको सद्भावले चुनाव जितिनेमा आफू विश्वस्त भएको बताएका हुन् ।


    पौडेलले बिहीबार बिहान बुटवल उपमहानगरपालिका–१२ मा सघन घरदैलो अभियान सञ्चालन गरेका छन् । बिहान ७ बजेदेखि १२ बजेसम्म नयाँगाउँ, तामनगर, ढवाहलगायतका क्षेत्रमा घरदैलो गर्दै उनले स्थानीयसँग प्रत्यक्ष संवाद गरेका हुन्  । घरदैलोका क्रममा स्थानीय बासिन्दाले आफ्ना टोलका दीर्घकालीन समस्या खुलेर राखेका थिए । विशेषगरी ढल निकासको अव्यवस्था, टोल सुधार कार्यक्रम प्रभावकारी नहुनु, सडक स्तरोन्नति ढिलो हुनु, सरसफाइ व्यवस्थापन कमजोर हुनुजस्ता विषयमा गुनासा आएका थिए ।


    यसैबिच, भूमिहीन र सुकुम्बासीले जग्गा व्यवस्थापन र स्थायी समाधानको विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए । उम्मेदवार पौडेलले भूमिहीन समस्यालाई कानुनी र व्यवहारिक ढंगले कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा गम्भीर चासो देखाउँदै यसलाई नीति तथा कार्यक्रममै समेट्ने प्रतिबद्धता गरे । उनले स्थानीयका गुनासा टिपोट गर्दै विकास निर्माणका अधुरा कामलाई सम्पन्न गर्ने, टोलस्तरमै योजना छनोट गर्ने र व्यवस्थित शहरी विकासको स्पष्ट खाका अघि सार्ने बताए । त्यसैगरी, दिउँसो १ बजेदेखि बुटवल–२ मा घरदैलो अभियान सञ्चालन गरिएको थियो । पारी बुटवल, फूलबारी, मैनाबगर, पाखापानीलगायतका क्षेत्रमा मतदातासँग भेटघाट गर्दै उनले ऐतिहासिक बुटवलको पहिचान जोगाउँदै योजनाबद्ध विकास गर्ने प्रतिबद्धता दोहो¥याए । पुरानो बटौली क्षेत्रको ऐतिहासिक महत्वलाई संरक्षण गर्दै पुरानो बजारलाई थप व्यवस्थित, सुरक्षित र पर्यटकीय दृष्टिले आकर्षक बनाउने योजना अघि सारिएको छ ।


    अव्यवस्थित संरचना व्यवस्थापन, पार्किङ् समस्या समाधान, ढल तथा फोहोर व्यवस्थापन सुधार र साना व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिने बताइएको छ । घरदैलो अभियानका क्रममा स्थानीयले रोजगारी सिर्जना, बजार व्यवस्थापन र आधारभूत पूर्वाधार सुधारमा ठोस कामको अपेक्षा राखेका थिए । उम्मेदवार पौडेलले “विकास कागजमा होइन, व्यवहारमा देखिनुपर्छ” भन्दै परिणाममुखी कार्यशैली अपनाउने प्रतिबद्धता व्यक्त गरे ।


    बुटवल उपमहानगरपालिका वडा नं. १२ मा विभिन्न पार्टी परित्याग गरि तीन दर्जन बढी युवाहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारप्रसारका क्रममा बिहीबार उम्मेदवारसहितको घरदैलोका क्रममा उनीहरू नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । बुटवलको वडा नं. १२ रूपन्देही क्षेत्र नं. २ मा पर्छ । यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट पार्टीका महासमिति सदस्यसमेत रहेका उद्योगपति चुन्नप्रसाद पौडेल उम्मेदवार छन् । त्यसैगरी यसै क्षेत्रकी समानुपातिक उम्मेदवार रीता सेन ओलीलाई पार्टीले समानुपातिक उम्मेदवार बनाएको छ ।  उनीहरूलाई नेपाली काँग्रेसका उम्मेदवारसहितका नेताहरूले पार्टी प्रवेश गराएका हुन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस उम्मेदवारलाई समर्थन गर्दै काँग्रेसमा प्रवेश गरेको उनीहरूले बताएका छन् । युवाहरूको प्रवेशले नेपाली काँग्रेसको पक्षमा बनेको माहौल थप उचाईमा पुगेको नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नं. १२ का सभापति धर्मराज आचार्यले बताए ।

     
    उक्त कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार रीता सेन, वडा सभापति धर्मराज आचार्य, महासमिति सदस्य दीर्घबहादुर केसी नेपाल तरूण दल रूपन्देहीका सचिव रमेश शाही, क्षेत्रीय सभापति हसन्त लामा, नगर सभापति सुजन पुन, टिकाराम भट्टराईलगायतका नेता कार्यकर्ता सहभागी थिए । नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनसँग युवाहरूको आकर्षण बढेको छ । पार्टीमा नवप्रवेशीहरूले पनि देशमा स्थायित्व, विकास र अवसर सिर्जनाका लागि काँग्रेस उपयुक्त शक्ति रहेको भन्दै संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij