२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

विश्वदीपको घरदैलो निरन्तर

विश्वदीपको घरदैलो निरन्तर

विश्वदीपको घरदैलो निरन्तर

विश्वदीपको घरदैलो निरन्तर

विश्वदीपको घरदैलो निरन्तर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १५ २०८२
शुक्रवार, फाल्गुण १५ २०८२
  • बुटवल  । रूपन्देही क्षेत्र नं. २ का नेकपाका उम्मेदवार विश्वदीप पाण्डे ‘सुवास’ले बिहीबार बुटवल उप–महानगरपालिकाका विभिन्न बस्तीमा घरदैलो जारी राखेका छन् ।


    नेता कार्यकर्ताको बाक्लो उपस्थितिबिच बुटवल बजार क्षेत्रमा मोटरसाइकल ¥यालीसहित विभिन्न चोकमा पुगेर मतदातासँग भोट माग्दै आफ्ना चुनावी ऐजेण्डा बताएका छन् ।


    उनीहरूले बुटवल क्षेत्रका टोल–टोल र वस्तीमा विभिन्न सवारी साधन र पैदल पुग्दै भोट मागेका छन् । बिहीबार बुटवलको सबैभन्दा धेरै मतदाता रहेको वडा नं. ११ मा घरदैलो गरिएको नेकपाले जनाएको छ ।
    घरदैलोका क्रममा विभिन्न ठाउँमा मतदातालाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डेले जनताको हौसला र साथले आफूहरू जितको नजिक पुगेको बताए । उनले मतदाताको उत्साह र आफूहरूको मेहेनत र ऐजेण्डाले यस क्षेत्रमा विजयी भएरै छाडिने जिकिर गरे ।


     उम्मेदवारसहित मतदाता भेटघाट गर्दै नेकपाका कार्यकर्ताले झण्डा, माइक, व्यानर र प्रतिबद्धतापत्रसहित घर–घर र टोल–टोलमा पुगेर आफ्ना चुनावी ऐजेण्डा प्रस्तुत गरेका थिए ।
    मतदातासँगको भेटघाटमा उम्मेदवार पाण्डेले जनपक्षीय काम गर्न आफूले उम्मेदवारी दिएकाले मतदान गरेर सहयोग गर्न मतदाता समक्ष अनुरोध गरेका थिए ।


    निर्वाचन  परिचालन समितिका संयोजक नारायण जीसी ‘निर्मल’का अनुसार बुटवलमा उम्मेदवारसहित घरदैलो जारी रहने छ । संयोजक जीसीले प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहेको बताए । सन्निकटको निर्वाचनले गतिहीन र अस्थिर समाजलाई गतिवान र स्थिर बनाउने आशा लिएका छन् । आशावादले नै व्यक्ति, समाज र देशमा सुखद र सुन्दर भविश्यको खाका कोर्न सक्ने उनी बताउँछन् ।


     ‘यतिबेला नेताहरूले केही गर्न सकेनन्, केही गर्न पनि सकिदैन जस्तो एउटा डरलाग्दो भाष्य बनाईएको छ,’ उम्मेदवार विश्वदीपले भने– ‘ यहाँ केही हुँदैन, केही गर्न सकिदैन भन्ने भाष्य चिर्नै पर्दछ, यसमा मेरो भूमिका रहनेछ ।’


    विश्वदीपले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने ती बूँदा कायान्वयन गर्न सक्ने हो भने समाजमा विद्यमान धेरै निराशा चिरिन्छ । चुनावी प्रतिबद्धतापत्रमार्फत् उम्मेदवार विश्वदीपले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कलकारखाना र कृषि आदिमा जनताका सपना उमार्न, हुर्काउन र जीवन बदल्न खोजेका छन् । र, त्यस्तो अनुभूति जनतालाई तब हुन्छ, जब नागरिकमा सरकार र जनप्रतिनिधिप्रति आशा र भरोशा जाग्छ ।
    उनी भन्छन्– ‘पुरानै सोंच, पुरानै परम्परा, पुरानै नियम र पुरानै व्यवहारबाट जनताको आशा बढाउन सकिंदैन । देशलाई एकताबद्ध बनाउँदै टुक्रिएका मनहरूलाई जोड्न मेरो अधिकतम पहल रहनेछ ।’


     राज्यका सामु थपिएका अनेकौं चुनौतीको कानूनी प्रबन्ध र दबाब सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
    नागरिकले अहिले आर्थिक, राजनीतिक र सामाजिक जीवनको कष्टपूर्ण अवस्थाबाट बदलाव चाहेका छन् । उम्मेदवारका रूपमा जनतासँगको अन्तक्र्रिया, प्रतिक्रिया, आक्रोश, सुझाव, सल्लाह र मायाबाट आफूले मनोभावना थप बुझ्न पाएको अनुभूति उनले सुनाए । तर चुनावी तयारीका कारण धेरै कुरा जनतालाई बताउन नपाएकाले मिडियाको सहारा लिनुपरेको उनको गुनासो छ ।
    अबका दिनमा निजी क्षेत्रलाई पनि विश्वासमा लिनुपर्ने अनिवार्य आवश्यकतामा उनले जोड दिए । ‘निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकमा विकास संभव छ । जनतामा अझै पनि परिवर्तनको तृष्णा छ । मर्न दिनु हुँदैन ।’–उनले भने । जनतामा आशा जगाउने दायित्व निर्वाचन पछिको नेतृत्वमा आउने पाण्डेको भनाइ थियो ।


    एक हप्तापछिको मतदान र त्यसको केही दिनमा देशले नयाँ नेतृत्व पाउने छ । नागरिकले आ–आफ्नो निर्वाचन क्षेत्रमा नयाँ जनप्रतिनिधि पाउने छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij