२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

‘सेटिङमा आएका सर्वेक्षण फेल खान्छन्, वास्तविक सर्वेक्षण छिट्टै आउँछ’

‘सेटिङमा आएका सर्वेक्षण फेल खान्छन्, वास्तविक सर्वेक्षण छिट्टै आउँछ’

‘सेटिङमा आएका सर्वेक्षण फेल खान्छन्, वास्तविक सर्वेक्षण छिट्टै आउँछ’

‘सेटिङमा आएका सर्वेक्षण फेल खान्छन्, वास्तविक सर्वेक्षण छिट्टै आउँछ’

‘सेटिङमा आएका सर्वेक्षण फेल खान्छन्, वास्तविक सर्वेक्षण छिट्टै आउँछ’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १५ २०८२
शुक्रवार, फाल्गुण १५ २०८२
  • बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक प्रक्षेपण गलत मनशायबाट आएकाले स्वदेशी तथा विदेशी संस्थाहरूले गरेको वास्तविक प्रक्षेपण केही दिनमा आउने जनाएका छन् । बुटवलमा पत्रकारसँगको अन्तरसंवादमा उनले रूपन्देही क्षेत्र नं. २ सहित देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा योजनाबद्ध रूपमा आएका प्रक्षेपण वास्तविक नभएको र वास्तविक प्रक्षेपण केही दिनमा आउने दाबी गरेका छन् । पौडेलले प्रायोजित सर्वेक्षणको भ्रममा नपरी पार्टीलाई फराकिलो मतान्तरले जिताउन थप सक्रिय भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

    ‘सेटिङका आधारमा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन्, तर ती वास्तविक र तथ्यपरक होइनन्, फिल्डको अवस्था धेरै फरक छ, ती प्रक्षेपणहरू फेल खानेछन्, यहाँका मतदाताले एमालेलाई नै जिताउनुपर्ने छ भन्ने माइन्डसेड गरेर बसेका छन्, जनताको त्यो परिवर्तन गर्न निकै कठिन छ,’ पौडेलले भने–‘त्यस्ता प्रक्षेपण सार्वजनिक गर्न हुने कि नहुने भन्ने विषयमा पछि कुरा गरौंला, तर भरपर्दो राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका प्रक्षेपणमा अहिले सार्वजनिक गरिएजस्ता भ्रमहरू छैनन् ।’


    प्रतिस्पर्धी दल तथा उम्मेदार कसैको आलोचना नगरी उनले आफ्नो पार्टी राष्ट्रिय राजनीतिको मियो भएकाले ठूलो पार्टी बन्नबाट रोक्न कसैले नसक्ने जनाए । पौडेलले ५ निर्वाचन क्षेत्र रहेको रूपन्देही र २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा एमाले नै बहुमतसहित पहिलो शक्ति बन्ने दाबी गरे ।  उपाध्यक्ष पौडेलले भने–‘निर्वाचनपछि एमाले राष्ट्रिय राजनीतिको मियो बन्ने र मुलुक सञ्चालनको ड्राइभिङ सिटमा बस्ने विश्वास छ । एमालेविरुद्ध गरिएका अनर्गल प्रचारबारे मतदाता प्रष्ट भइसकेको अवस्था छ ।’
    रूपन्देही क्षेत्र नं. २ बाट उम्मेदवार रहेका पौडेलले विगतमा गरेका काम पूरा गर्न र नयाँ सपना कार्यान्वयन गर्नका लागि जनताको विश्वास रहेको जनाए । पूर्वअर्थमन्त्री पौडेलले जतिसुकै षड्यन्त्रको हल्ला गरे पनि जनताले योजना र विगतका अनुभवका आधारमा आफ्नो प्रतिनिधि छान्ने जनाए ।


    ‘पौडेलले रूपन्देही क्षेत्र नं. २ मात्र होइन पाँच वटै क्षेत्रमा एमाले पहिलो बन्ने दाबी गरे । ‘विगतमा अरू क्षेत्रको तुलनामा क्षेत्र नं. ४ केही कमजोर देखिन्थ्यो, तर अहिले त्यो क्षेत्र पनि निकै सुधारिएकोले एमाले रूपन्देहीको सर्वाधिक बलियो र ठुलो शक्तिको रूपमा पुनः उदय  हुँदैछ ।’– उनले भने ।


     ‘एमालेले केबल चुनाव जित्नका लागि मात्र जित्न चाहेको छैन, रूपन्देहीलाई र सिङ्गो लुम्बिनी प्रदेशलाई नै नमूना बनाउनको लागि जित्न चाहेको छ, अहिले निर्माणाधीन बुटवल नारायणगढ र बुटवल गोरूसिङ्गे सडक आयोजनासँगै सिद्ध बाबा सुरूङ मार्ग, सिद्धार्थ राजमार्गको स्तरोन्नति, कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाहरूको निर्माण हाम्रा सपना हुन् ।’– पौडेलले भने । पौडेलले सिद्धार्थ राजमार्गको स्तरोन्नतिपछि लुम्बिनी र गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रहरू एक आपसमा जोडिने र त्यसैको माध्यमबाट पर्यटकहरूलाई आकर्षित गर्न सकिने बताए । उनले रूपन्देहीमा सञ्चालित पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न र सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापनसहित सञ्चालनका लागि पनि एमालेको जित अपरिहार्य हुने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij