२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले गरे राजीनामाको घोषणा

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले गरे राजीनामाको घोषणा

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले गरे राजीनामाको घोषणा

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले गरे राजीनामाको घोषणा

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले गरे राजीनामाको घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ६ २०८१
आइतवार, श्रावण ६ २०८१
  • पाेखरा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका छन्। आफ्नो पक्षमा विश्वासको मत नपुग्ने देखिएपछि सभामा सम्बोधन गरेर मुख्यमन्त्री जम्कट्टेलले राजीनामाको घोषणा गरेका हुन्।

    उनले रोष्टमबाटै राजीनामा पत्र पढेर सुनाउँदै राजीनामा दिएको घोषणा गरे। 

    २०७९ पुस २५ गते नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री जम्कट्टेलले यसअघि तीनपटक बागमती प्रदेश सभाबाट विश्वासको मत लिएर सत्ता जोगाएका थिए।

    जम्कट्टेलले २०७९ माघ ३ गते पहिलो पटक विश्वासको मत लिदा नेमकिपा बाहेक ६ दलको समर्थन पाएका थिए। दोश्रो पटक २०७९ चैत्र १० मा दोश्रो पटक विश्वासको मत लिने क्रममा मुख्यमन्त्री जम्कट्टेलले ६७ मतमात्र प्राप्त गरे भने तेस्रो पटक २०८० चैत्र १९ मा विश्वासको मत लिएका उनले मुस्किलले  ५६ मत बटुलेर सत्ता जोगाएका थिए।

    चौथो पटक विश्वासको मत लिने परिस्थिती आइपर्दा उनले सत्ता गुमाएका छन्। कुल ११० सांसद रहेको बागमती प्रदेशसभाबाट सत्ता जोगाउन आवश्यक ५६ मत आवश्यक हुन्थ्यो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij