२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बडीगाड खोलामा डुबेर बेपत्ता युवक मृत फेला

बडीगाड खोलामा डुबेर बेपत्ता युवक मृत फेला

बडीगाड खोलामा डुबेर बेपत्ता युवक मृत फेला

बडीगाड खोलामा डुबेर बेपत्ता युवक मृत फेला

बडीगाड खोलामा डुबेर बेपत्ता युवक मृत फेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • गुल्मी । गुल्मीको बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर बेपत्ता युवक मृत फेला परेका छन् ।

    गुल्मीको मुसिकोट नगरपालिका–१ अरेवाका २१ वर्षीय दीपजंग दर्लामी खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार दर्लामी शनिबार साँझ करिब ८ बजे सोही स्थानका ५६ वर्षीय डम्बर दर्लामीसँग माछा मार्न जाल बोकेर बडीगाड खोलातर्फ गएका थिए । डम्बर दर्लामी भने एक्लै घर फर्किएका थिए ।

    दीपजंग भने नफर्किएपछि आइतबार प्रहरी चौकी पौदिअमराईमा उनका आफन्तले खबर गरेका थिए ।

    सूचना प्राप्त भएपछि प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको कमान्डमा तीन जनाको टोली खोजीका लागि खटेको थियो ।

    स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा मुसिकोट–१ उपल्लो राथेस्थित बडीगाड खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij