२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रामग्राम पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्ण खोप सुनिश्चितता घोषणाको अन्तिम चरणमा

रामग्राम पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्ण खोप सुनिश्चितता घोषणाको अन्तिम चरणमा

रामग्राम पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्ण खोप सुनिश्चितता घोषणाको अन्तिम चरणमा

रामग्राम पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्ण खोप सुनिश्चितता घोषणाको अन्तिम चरणमा

रामग्राम पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्ण खोप सुनिश्चितता घोषणाको अन्तिम चरणमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • परासी
    पश्चिम नवलपरासीको रामग्राम नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषण हुने भएको छ । 


    पालिकास्तरी खोप समन्वय समिति तथा प्रजनन् स्वास्थ्य समितिको बैठकले पालिकालाई नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषणा गर्न निर्णय गरेको हो । 


    बैठकले जिल्ला खोप समन्वय समितिले अनुगमन गरेपछि नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषण गर्ने स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए । उनले यही चैत्र मसान्तभित्रमा नगरपालिका पूर्ण संस्थागत तथा पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषण गर्न लागिएको बताए । 


    स्वास्थ्यकर्मीहरुले १८ वटै वडामा माघ महिनादेखि घरधुरी सर्वेक्षण गरी १६ देखि ५९ महिनाको बालबालिकाहरुमध्ये २३ जना छुटेकोलाई पूर्णखोप लगाएको  र  ३ हजार चार सय २६ जनाले पूर्णखोप प्राप्त गरेको सुनिश्चितता तथा ० देखि १५ महिनाका बालबालिका ९ सय ६१ जनामध्ये छुटेका ४ जनालाई पनि पूर्णखोप दिइएको स्वास्थ्य शाखाका अधिकृत अनिल खड्काले जनाकारी दिए । 


    ८ सय १६ जनामध्ये बाटोमा २ जना प्रसूति भएको र ८ सय १४ जना स्वास्थ्य संस्थामा प्रसूति भएको खड्काले बताए । ९९ दशमलव ७५  प्रतिशत स्वास्थ्य संस्थामा प्रसूति गराएको नगरपालिकाको तथ्यांकमा उल्लेख रहेको छ । 


    बैठकमा बोल्दै धनपत यादवले रामग्राम नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्राथमिकतामा राखेको काम गरेको बताए । 
    नगरपालिकाले गर्भवतीहरुलाई लक्षित गरी  निःशुल्क भिडियो एक्सरे सञ्चालन गरेको यादवले जनाए । नगरपालिकाले नगरवासीलाई स्वास्थ्य क्षेत्रमा पहुँच पु¥याएको भन्दै यसमा स्वास्थ्यकर्मीहरुको अथकप्र्रयास र मेनहतले पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषण गर्न सकिएको उल्लेख गरे ।  


    जिल्ला खोप समन्वय समितिले अनुगमन पश्चात् प्रतिवेदन पेस गरी पालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषण अनुमति दिएपछि घोषण हुने बताइएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij