२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बागमतीमा कांग्रेस-एमालेबीच मिल्यो भागबण्डा, मुख्यमन्त्री बन्दै लामा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • हेटौँडा । बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दावी पेश गर्दैछन् । 

    सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने भएका छन् । यस सहमतिपछि आज बिहान ११ बजे लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले बहुमतको सरकार गठनका लागि मङ्गलबारसम्मको समय दिएका थिए । सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् ।

    ११० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशमा कांग्रेस र एमालेको सहजै बहुमत पुग्ने अवस्था छ । प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा (एस)का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij