२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

‘लालीबजार’ प्रदर्शन रोक्न अदालतको अल्पकालीन आदेश

‘लालीबजार’ प्रदर्शन रोक्न अदालतको अल्पकालीन आदेश

‘लालीबजार’ प्रदर्शन रोक्न अदालतको अल्पकालीन आदेश

‘लालीबजार’ प्रदर्शन रोक्न अदालतको अल्पकालीन आदेश

‘लालीबजार’ प्रदर्शन रोक्न अदालतको अल्पकालीन आदेश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख १५ २०८३
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौं । चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
     
    न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले मंगलबार प्रदर्शन रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायत निकायका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले यही वैशाख २२ सम्म चलचित्र प्रदर्शन रोक्न आदेशमा भनेको छ ।
     
    चलचित्रका कतिपय शब्दहरूमा आपत्ति जनाउँदै बादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दिएकी थिइन् । वैशाख १४ गते दिएको उक्त रिटमा सुनुवाइ सकिएपछि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

    उक्त प्रकरणमा मन्त्रालयसहितका निकायलाई १५ दिनभित्र कारणसहितको लिखित जवाफ पेस गर्न समेत आदेश भएको छ । वैशाख २२ गते रिट निवेदक र विपक्षी निकायबीच संयुक्त इजलासमा दोहोरो छलफल हुनेछ । त्यसपछि आज दिएको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने विषयको टुंगो लाग्नेछ । 

    अन्तरिम आदेशले निरन्तरता पाए रिटको अन्तिम किनारा नलागेसम्म चलचित्र प्रदर्शन रोकिनेछ । यम थापा निर्देशित चलचित्र ‘लालीबजार’ यही वैशाख १८ देखि प्रदर्शनको तयारीमा थियो ।

    चलचित्र ‘लालीबजार’लाई यम थापाले निर्देशन गरेका छन् । चलचित्र ‘लालीबजार’ वैशाख १८ गते प्रदर्शनमा आउने तय थियो । यो चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेललगायतको अभिनय छ ।

    चलचित्रमा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् । म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता छन् । यो चलचित्रले बादी समुदायका महिलाको कथा उठान गरेको छ । बादी महिलाको कथा उठान गरेको यो चलचित्रको पक्ष र विपक्षमा स्वयं बादी समुदाय देखिएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij