बुटवल । बुधबार बिहान साढे ८ बजे हुने लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको सपथग्रहण कार्यक्रममा अन्य मन्त्रीहरुले पनि सपथ ग्रहण गर्दैछन।
मंगलबार बेलुका नेकपा एमाले र नेपाली काङ्ग्रेसले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएका थिए।
आचार्य सहित काङ्ग्रेसबाट बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले मन्त्रीपदको सपथग्रण गर्नेछन भने नेकपा एमालेबाट रुपन्देहीका भुमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम बहादुर सारु र दाङकी शिता शर्माले मन्त्रीपदको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ।
केन्द्रमा एमाले र काङ्ग्रेस बिच सत्ता साझेदारी हुनेगरि सम्झौता भएपछि अल्पमतमा परेका माओवादी केन्द्रका मुख्यमन्त्री जोख बहादुर महराले आईतवार राजिनामा दिएका थिए।
महराले राजिनामा दिए संगै सोमबार आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए।




