२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

डेटा सेन्टरले तान्दै छ प्रविधि लगानी : बिचुटेनले घोषणा गर्‍यो, मेटाले भित्र्याउँदै

डेटा सेन्टरले तान्दै छ प्रविधि लगानी : बिचुटेनले घोषणा गर्‍यो, मेटाले भित्र्याउँदै

डेटा सेन्टरले तान्दै छ प्रविधि लगानी : बिचुटेनले घोषणा गर्‍यो, मेटाले भित्र्याउँदै

डेटा सेन्टरले तान्दै छ प्रविधि लगानी : बिचुटेनले घोषणा गर्‍यो, मेटाले भित्र्याउँदै

डेटा सेन्टरले तान्दै छ प्रविधि लगानी : बिचुटेनले घोषणा गर्‍यो, मेटाले भित्र्याउँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख २५ २०८३
शुक्रवार, बैशाख २५ २०८३
  • बुटवल । नेपालमा सूचना प्रविधि (आईटी) पूर्वाधारमा लगानी भित्रिने क्रम क्रमशः बढ्नथालेको छ। पछिल्लो समय आईटीजन्य निर्यातमा वृद्धि र सरकारी प्राथमिकतासँगै यस क्षेत्रमा आउने लगानीमा पनि वृद्धि हुनथालेको देखिएको हो। 

    यस क्षेत्रबाट राज्यलाई पनि राम्रो आयआर्जन हुने भएकाले फागुन २१ को चुनावपछि बनेको वर्तमान सरकारले आईटीलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता नै जनाएको छ भने तदनुरुपका कार्यलाई प्राथमिकतासाथ कार्यान्वयनमा लैजाने स्पष्ट संकेत दिएको छ। यसले पनि आईटीमा लगानीको उच्च सम्भावना बढेकाले लगानी भित्रिन थालेको हो। 

    उदाहरणका लागि, बिहीबार मात्रै बिचुटेन डाटा भोल्टले नेपालका दुई प्रमुख सहर काठमाडौं र वीरगन्जमा टियर ४को हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ। भीभीडीएन र गुगल क्लाउडलगायत विश्वप्रसिद्ध प्रविधि कम्पनीहरुको रणनीतिक साझेदारीमा बिचुटेनले २४० किलोवाट क्षमताबाट सुरु गरी सन् २०३० सम्म ५ मेगावाटसम्म विस्तार गर्ने योजना सुनाएको छ। 

    नेपाली उद्यमीहरु नवीन अग्रवाल, मनी अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विकाश कुमार जाटिया र शरद गोयलको नेतृत्वमा नेपालको आफ्नै डिजिटल सार्वभौमिकता र सुरक्षित भविष्य निर्माणको लागि डाटा सेन्टर सञ्चालन गर्न लागेको बताएका छन्। 

    काठमाडौं र वीरगन्जमा साढे २ अर्ब रुपैयाँ लगानी गरी डेटा सेन्टर निर्माण हुनलागेको बिचुटेन डाटा भोल्टका अध्यक्ष नवीन अग्रवालले जानकारी दिए। यी डेटा सेन्टर आगामी आर्थिक २०८३/८४ को सुरुवातमै सञ्चालनमा ल्याउने कम्पनीको योजना छ। 

    अर्को उदाहरण, सामाजिक सञ्जाल फेसबुकको अभिभावक कम्पनी मेटाले पनि नेपालमा डेटा सेन्टरमा लगानी गर्ने योजना बनाइसकेको छ। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्ससँगको सहकार्यमा मेटाले डेटा सेन्टरमा लगानी गर्नलागेको छ। मेटाले डेटा सेन्टरमा ५ अर्ब रुपैयाँ लगानी गर्ने बताएको छ। यसका लागि मेटा र वल्र्डलिंकले केही महिनाअघि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ (एनडीए) गरिसकेका छन्।

    नेपालाई दक्षिण एसियाकै विश्वसनीय डिजिटल हबको रुपमा स्थापित गर्ने लक्ष्यसहित डेटा सेन्टर स्थापना गर्न लागिएको बिचुटेनका अध्यक्ष अग्रवाल बताउँछन्। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij