बुटवल । सुनवल युनाईटेड अंगे्रजी आवासीय मा.वि सुनवलका दुई जना विद्यार्थीले एस.ई.ई २०८२ को नतिजामा चार जि.पि.ए सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयका विद्यार्थीहरु अनिश न्यौपाने र असल रेग्मी दुबैले जि.पि.ए चार प्राप्त गर्न सफल भएका छन् । सुनवल युनाईटेडको एस.ई.ई को यो नतिजा विद्यालयको इतिहासमा हालसम्मकै उत्कृष्ट भएको विद्यालयका प्रिन्सिपल धनराज चापागाईले बताए । विद्यालयले अन्य अतिरिक्त क्रियाकलापमा पनि थुप्रै सफलताहरु प्राप्त गरेको चापागाईले बताए ।




