२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्ति नगर्न मानव अधिकार आयाेगकाे निर्देशन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • काठमाण्डाै । राष्ट्रिय मानव अधिकार आयोगले विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्ति नगर्न निर्देशन दिएको छ । सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहमा फौजदारीलगायत अभियोग लागेका, राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका विवादित व्यक्तिहरूलाई नियुक्ति सिफारिश र नियुक्ति गर्ने क्रम रहेको देखिएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

    आयोगले विज्ञप्ति निकालेर नैतिक रूपमा विवादित व्यक्तिहरूलाई नियुक्ति तथा नियुक्ति सिफारिश गरेको जानकारी आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । संवैधानिक परिषद्ले यौन शोषणको आरोप लागेका कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिश गरेको छ भने आज मात्रै लुम्बिनीमा ज्यान मार्ने अभियोग लागेका नेपाली कांग्रेसका नेता बादशाह कुर्मी मन्त्री बनेका छन् ।

    आयोगले राज्यका निकायमा नियुक्त हुने व्यक्तिहरू सामाजिक रूपमा स्वच्छ छवि भएको, विवादरहित उच्च नैतिक चरित्र भएको र कानुनी रूपमा फौजदारी अभियोगमा सजाय नभएको हुनुपर्छ भन्ने लोकतन्त्रको आधारभूत मान्यता रहेको बताएको छ ।

    यसैबीच निर्वाचन आयोगको आयुक्तका लागि सिफारिश भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ । प्रश्नोत्तरका क्रममा सांसदहरूले यौन शोषणको आरोप लागेकाले प्रधानमा उच्च नैतिक चरित्र नदेखिएको बताएका छन् । अब अर्को बैठक बसेर नियुक्त गर्ने/नगर्ने निर्णय हुने समितिका सभापति पशुपतिशम्शेर राणाले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij