२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लुम्बिनी सरकार गठनमा एमाले र कांग्रेसमा व्यापक असन्तुष्टि

लुम्बिनी सरकार गठनमा एमाले र कांग्रेसमा व्यापक असन्तुष्टि

लुम्बिनी सरकार गठनमा एमाले र कांग्रेसमा व्यापक असन्तुष्टि

लुम्बिनी सरकार गठनमा एमाले र कांग्रेसमा व्यापक असन्तुष्टि

लुम्बिनी सरकार गठनमा एमाले र कांग्रेसमा व्यापक असन्तुष्टि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • बुटवल । लुम्बिनी प्रदेश सरकारको विषयमा एमालेपछि लुम्बिनी कांग्रेसभित्र पनि असन्तुष्टि देखिएको छ । 

    कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले मन्त्री छनोटको विषयमा प्रदेश समितिलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाउदै पार्टी सभापति शेरबहादुर देउवालाई बुधबार नै ध्यानाकर्षण पत्र बुझाएका छन् । सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र जनताको निराशा चिर्ने गरी सक्षम मन्त्री छान्नु पर्नेमा त्यस्तो नगरी मन्त्री छनोट गरिएको र मन्त्री छनोटका क्रममा प्रदेश कार्यसमितिलाई बेवास्ता गरिएको कांग्रेस प्रदेश समितिको आरोप छ । 

    सभापति देउवालाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ- ‘संघीयता एवं समावेशीताको मर्म र पार्टीको विधानअनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिएको छ । नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा भइरहेको बेला नेपाली कांग्रेसका आम साथीहरुको भावनाविपरीत यस किसिमको निरकुंश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्न ठहर गरेका छौं ।’

    कांग्रेसले लुम्बिनी प्रदेश सरकामा कांग्रेसले ४ जना मन्त्री पठाएको छ । कांग्रेसको भागमा ५ मन्त्रालय परेपनि ४ जनालाई मन्त्री बनाएको हो । जसमा गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् । 

    यस अघि एमालेभित्र मुख्यमन्त्री छनौटको विषयमा असन्तुष्टि व्यक्त भएको छ । एमाले लुम्बिनी संसदीय दलका लिला गिरीले संसदीय पद्दतिको विरुद्ध मुख्यमन्त्री नियुक्त गरेको भन्दै संसदीय दलको पदबाट राजीनामा दिएका छन् । त्यस्तै एमालेका प्रमुख सचेतकले पनि राजीनामा दिएका छन् ।

    एमालेका महासचिव शंकर पोखरेलको हस्तक्षेपपछि संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्री बनेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij