२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आफन्तले कहिले पाउँछन् सौर्य एयरको दुर्घटनामा मृत्यु भएकाहरूको शव, के भन्छन् स्वास्थ्यमन्त्री ?

आफन्तले कहिले पाउँछन् सौर्य एयरको दुर्घटनामा मृत्यु भएकाहरूको शव, के भन्छन् स्वास्थ्यमन्त्री ?

आफन्तले कहिले पाउँछन् सौर्य एयरको दुर्घटनामा मृत्यु भएकाहरूको शव, के भन्छन् स्वास्थ्यमन्त्री ?

आफन्तले कहिले पाउँछन् सौर्य एयरको दुर्घटनामा मृत्यु भएकाहरूको शव, के भन्छन् स्वास्थ्यमन्त्री ?

आफन्तले कहिले पाउँछन् सौर्य एयरको दुर्घटनामा मृत्यु भएकाहरूको शव, के भन्छन् स्वास्थ्यमन्त्री ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • बुटवल ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न पुगेका मन्त्री पौडेलले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    'आयोग गठन गरिएको छ । व्यवस्थित ढंगले छानबिन गर्न ४५ दिनको समय दिइएर अध्ययन गर्न भनिएको छ । कारण, निवारण खोजेर प्रतिवेदन दिन भनिएको छ,' पौडेलले भने, 'समितिले यसका सम्पूर्ण पक्षहरू खोतल्ने छ । ब्ल्याक बक्स सुरक्षित छ, त्यसले पनि धेरै वास्तविक कुरा पत्ता लाग्छ । वास्तविकता गहिराईमा गएर खौज्दा पत्ता लाग्छ । दुर्घटनाको कारण गहिराइमा नै गएर खोजिनुपर्छ ।’

    उनले अहिले मृतकहरूको फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको र बुधबार नै ४ वटा शवको पहिचान भइसकेको बताए । शवको पहिचान भए पनि म्याचिङ गर्न बाँकी रहेको पौडेलको भनाइ छ ।

    मन्त्री पौडेलले बिहीबार बेलुकासम्म सबैको पहिचान गरि सक्ने र शुक्रबार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको जानकारी दिए । पहिचान हुन नसकेको शवहरूको भने डीएनए गर्नुपर्ने भएकाले केही समय लाग्न सक्ने उनको भनाइ छ ।

    ‘फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न संकेतबाट पहिचान हुन नसके डीएनए गर्नुपर्ने र डीएनए गर्नुपरेको खण्डमा समय लाग्ने रहेछ । डीएनएको समय तीन, चार दिन लाग्न सक्ने कुरा आएको छ । यी तीन कुराबाट पहिचान भएको शवलाई भोलि बेलुकासम्म रिलिज गर्न सकिन्छ,' पौडेलले भने, 'छिटोभन्दा छिटो शव पहिचान गर्नेगरी काम भइरहेको छ । हिजो ४ वटा भएको छ । त्यसलाई म्याचिङ गर्न बाँकी छ । अहिले तीन वटाको काम भइरहेको छ । बेलुकासम्म शव पहिचान हुन्छ । पहिचान हुन सकेको शवहरु भोलिसम्म आफन्तलाई जिम्मा लगाइने भनिएको छ ।'

    नेपालको हवाइ क्षेत्र धेरै सुरक्षित हुन नसकेको भन्दै मन्त्री पौडेलले ठूलो संख्यामा क्षति व्यहोर्नुपरिरहेको बताए । नेपाललाई पर्यटकीय गन्तव्य बनाइरहने कुरा गर्दा यस प्रकारका असुरक्षाले क्षति पुग्ने उनको भनाइ छ ।

    'हाम्रो हवाइ क्षेत्र धेरै सुरक्षित हुन सकिरहेको छैन । यो हामीले वर्सेनि यो समस्या झेल्नुपरेको छ । पछिल्लो समयमा हरेक वर्षझैँ दुर्घटना भइरहेको छ । यसको कारण पत्ता लगाउन जरुरी छ,' पौडेलले भने, 'कहाँ सावधानी अपनाउने, कहाँ लापरबाही भयो, यसलाई पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले समस्या पत्ता लगाउनुपर्छ । पर्यटन क्षेत्रमा पनि यसले गम्भीर असर पार्छ ।'

    सरकारले भएका कमजोरी र लापरबाही पत्ता लगाएर कारबाही, सुधार र नियमन गर्ने पनि पौडेलको भनाइ छ । पुराना र कण्डिसन बिग्रिएका जहज प्रयोग गर्न र मापदण्ड पूरा नभएका विमान उडान गर्न रोक लगाउँदै विमानस्थलभित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण बनाउनुपर्ने उनले बताए ।

    'हवाइ यात्रालाई सुरक्षित बनाउनका निम्ति एयरलाइन्सहरूमा भएका कमजोरी, पुराना जहाज प्रयोग गर्ने कण्डिसन बिग्रिएका जहज प्रयोग गर्ने, मापदण्ड पूरा नभएका विमान उडान गर्न दिने, विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण गराउने काम गर्न जरुरी छ,' उनले भने, 'प्राविधिक क्षेत्रमा टेक्निकल इरर हुनु हुँदैन । स्पष्ट मापदण्ड हुनुपर्छ । मापदण्ड पूरा भएको जहाजलाई लापरबाही गरेर उडान गर्न दिनु हुँदैन । नियमित अनुगमन गर्नुपर्छ ।'

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij