२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ २० २०८३
शनिवार, आषाढ २० २०८३
  •  

    बुटवल । थैव समाजले तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) लाई २० वटा प्लास्टिकका कुर्ची हस्तान्तरण गरेको छ । वनवाटिकामा आयोजित एक कार्यक्रमबीच समाजले शकरनगर वनविहार तथा अनुसन्धान केन्द्र वनवाटिकाका लागि कुर्ची हस्तान्तरण गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि तथा वनवाटिकाका अध्यक्ष खिमलाल पाण्डेले थैव समाजले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले वनवाटिकामा सञ्चालन हुने सामाजिक, शैक्षिक, वातावरणीय तथा अन्य सार्वजनिक कार्यक्रमलाई थप सहज बनाउने बताए । उनले वनवाटिकाको संरक्षण र विकासमा सामाजिक संघ-संस्थाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य र सहयोगको अपेक्षा रहेको बताए ।

    कार्यक्रमको अध्यक्षता गरेका थैव समाजका ज्येष्ठ नागरिक लोकमान थैवले समाजले यसअघि वनवाटिकामा सेड निर्माण गरेको स्मरण गराउँदै वनवाटिकाको संरक्षण सबैको साझा दायित्व भएको बताए । उनले समाजले उपलब्ध गराएका संरचना र सामग्रीको उचित संरक्षण गर्न आग्रह गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

    वनवाटिका उपाध्यक्ष मिनप्रसाद देवकोटाले स्थानीय समुदाय र सामाजिक संघसंस्थाको सहकार्यबाट वनवाटिकाको विकासले गति लिइरहेको बताउँदै थैव समाजको योगदान प्रशंसनीय रहेको उल्लेख गरे । यस्ता सहकार्यले वनवाटिकालाई थप व्यवस्थित र आकर्षक बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

    थैव समाजका कोषाध्यक्ष यज्ञश्वर थैवले वनवाटिका वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन तथा सामाजिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै समाजले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा समाजका सहसचिव अयोद्दा थैव, सदस्यहरू प्रदीप थैव, सबिन्द्र थैव, दिनेश कुमार (श्रेष्ठ) थैव लगायतको सहभागिता रहेको थियो । सहभागीहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका यस्ता कार्यले समुदाय र संस्थाबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

    थैव समाजले सामाजिक सेवा, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर सक्रिय रहने जनाउँदै वनवाटिकाको संरक्षण, पूर्वाधार विकास तथा आवश्यक सामग्री व्यवस्थापनमा आगामी दिनमा पनि सहकार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ । कार्यक्रमको सञ्चालन थैव समाजका सचिव महेश थैवले गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij