२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

श्रावण २३ देखि राष्ट्रियस्तरको ‘लुम्बिनीएक्स’ ह्याकाथन, उत्कृष्ट १० टोलीबीच ४८ घण्टे प्रतिस्पर्धा

श्रावण २३ देखि राष्ट्रियस्तरको ‘लुम्बिनीएक्स’ ह्याकाथन, उत्कृष्ट १० टोलीबीच ४८ घण्टे प्रतिस्पर्धा

श्रावण २३ देखि राष्ट्रियस्तरको ‘लुम्बिनीएक्स’ ह्याकाथन, उत्कृष्ट १० टोलीबीच ४८ घण्टे प्रतिस्पर्धा

श्रावण २३ देखि राष्ट्रियस्तरको ‘लुम्बिनीएक्स’ ह्याकाथन, उत्कृष्ट १० टोलीबीच ४८ घण्टे प्रतिस्पर्धा

श्रावण २३ देखि राष्ट्रियस्तरको ‘लुम्बिनीएक्स’ ह्याकाथन, उत्कृष्ट १० टोलीबीच ४८ घण्टे प्रतिस्पर्धा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • बुटवल ।  राष्ट्रियस्तरको ४८ घण्टे ‘लुम्बिनीएक्स’ ह्याकाथन आगामी श्रावण २३ देखि २५ गतेसम्म रूपन्देहीस्थित लुम्बिनी सिटी कलेजमा आयोजना हुने भएको छ। विद्यार्थीमा नवप्रवर्तन, सिर्जनशील सोच तथा वास्तविक समस्या समाधान गर्ने क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।

    लुम्बिनी सिटी कलेजका विद्यार्थीद्वारा स्थापित प्रविधिमूलक समुदाय ‘लुम्बिनी एलिट’को आयोजनामा हुने ह्याकाथन Spirituality Meets Innovation’ नारासहित सञ्चालन हुनेछ। प्रतियोगितामा देशभरका विद्यालय तथा स्नातक तहका विद्यार्थीले तीनदेखि चार सदस्यीय टोली बनाएर सहभागिता जनाउन सक्नेछन्।

    आयोजकका अनुसार हाल देशभरबाट आवेदन संकलन भइरहेको छ। प्राप्त आवेदनमध्ये उत्कृष्ट १० टोली छनोट गरी लुम्बिनीमा हुने ४८ घण्टे प्रत्यक्ष प्रतिस्पर्धाका लागि आमन्त्रण गरिनेछ।

    कार्यक्रम पर्यवेक्षक निशान भुर्तेलले अपेक्षाभन्दा बढी टोलीले आवेदन दर्ता गरिसकेको जानकारी दिँदै उत्कृष्ट १० टोली छनोट गर्न प्रतिस्पर्धा कडा हुने बताए। उनका अनुसार आयोजक टोलीले विभिन्न राष्ट्रिय ह्याकाथनमा सहभागिता जनाएर प्राप्त अनुभवका आधारमा निष्पक्ष मूल्याङ्कन गरी उत्कृष्ट टोली छनोट गर्नेछ।

    कार्यक्रम नेतृत्वकर्ता आयुष चापागाईंले पहिलो संस्करणलाई राष्ट्रियस्तरमै उदाहरणीय बनाउने लक्ष्यसहित तयारी तीव्र पारिएको बताए। उनका अनुसार प्रायोजक व्यवस्थापनलगायत आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको छ।

    त्यस्तै कार्यक्रम संयोजक अभिष्कार ढेंगाले विभिन्न ह्याकाथनमा सहभागी हुँदा प्राप्त अनुभवलाई आधार बनाएर प्रतियोगिताको अवधारणा तयार गरिएको बताए। सहभागीलाई उत्कृष्ट सिकाइ र प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्ने लक्ष्य राखिएको उनको भनाइ छ।

    आयोजकका अनुसार प्रतियोगिता सुरु हुनुअघि छनोट भएका टोलीलाई भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विशेष भ्रमण गराइनेछ। साथै उत्कृष्ट १० टोलीलाई परियोजना विकास तथा प्रभावकारी प्रस्तुतीकरणका लागि Claude Pro र Canva Pro को सुविधा उपलब्ध गराइनेछ।

    ४८ घण्टे ह्याकाथन अवधिभर सहभागीहरूले उद्योग क्षेत्रका विज्ञ तथा अनुभवी मेन्टरको मार्गदर्शनमा वास्तविक समस्यामा आधारित प्रविधिमूलक समाधान विकास गर्नेछन्। तयार भएका परियोजनाको निर्णायक समितिसमक्ष प्रस्तुतीकरण गरिनेछ, जसका आधारमा उत्कृष्ट टोलीहरू छनोट हुनेछन्।

    प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ। उत्कृष्ट टोलीलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ।

    आयोजक संस्था लुम्बिनी एलिटका अनुसार ‘लुम्बिनीएक्स’ ह्याकाथन केवल प्रतिस्पर्धा मात्र नभई विद्यार्थीलाई नवप्रवर्तन, सहकार्य र उद्यमशीलतासँग जोड्ने साझा मञ्च हो। यसले नेपालको प्रविधि तथा स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास आयोजकको छ।

    प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले www.lumbinix.com मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। थप जानकारीका लागि contact@lumbinix.com मा इमेल गर्न वा ९७६५५७३१७७, ९८२७५०५२६० तथा ९८२७०७८८०० नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij