२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

गञ्जीमै मन्त्रालयमा मन्त्री मनाङे, चौतर्फी आलोचना

गञ्जीमै मन्त्रालयमा मन्त्री मनाङे, चौतर्फी आलोचना

गञ्जीमै मन्त्रालयमा मन्त्री मनाङे, चौतर्फी आलोचना

गञ्जीमै मन्त्रालयमा मन्त्री मनाङे, चौतर्फी आलोचना

गञ्जीमै मन्त्रालयमा मन्त्री मनाङे, चौतर्फी आलोचना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १२ २०८१
शनिवार, श्रावण १२ २०८१
  • पोखरा । गण्डकी प्रदेश सरकारमा राजीव गुरूङ (दीपक मनाङे) छैटौंपटक मन्त्री छन् ।खगराज अधिकारीलाई साथ छोडेर विश्वासको मत दिएपछि मनाङेलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयमै दोहोर्‍याएका छन् ।

    सरकार संकटमा परेपछि भौतिक पूर्वाधारमन्त्री बनाएका पाण्डेले फेरि पनि मनाङेलाई सोही मन्त्रालय दिएका छन् ।

    गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री हुने रेकर्डमात्र बनाएका छैनन्, विवादित गतिविधिले पनि सधैं चर्चामा छन् ।

    पछिल्लोपटक मनाङे गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमा गञ्जीमै भेटिएका मनाङेले अपशब्दसमेत बोल्ने, कार्यकक्षमै मदिरापान गर्ने गरेका छन् ।

    केही दिनअघि गञ्जीमै कार्यकक्षमा बसेर मदिरासमेत खाएर अपशब्द बोलेको कर्मचारीले नै गुनासो गरेका छन् । मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेका छन् ।

    शुक्रबारमात्र राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न पुगेको समूहसँग भेटेका मनाङेले आफूले सिन्डिकेटको अन्त्य गरेर सबै चलाउने भन्दै  रक्सी खाएर जान अफर गरे ।

    यातायात व्यवासायी महासंघले रातो नम्बर प्लेटले पनि यात्रु ओसार्न पाउने कार्यविधि नल्याउन बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए । त्यसको भोलिपल्ट राइड सेयरिङ एपमार्फत चलेका राइडर्स ध्यानाकर्षण गराउन मन्त्री मनाङेसँग पुग्दा उनले ट्याक्सी व्यवसायीलगायतले आफूलाई ब्याकमेलिङ गर्न खोजेको भन्दै आफू ढुक्कले रक्सी खाएर सुत्ने बताएका थिए ।

    आफू स्पष्ट जे हो त्यही बोल्ने बताउने मन्त्री मनाङे विभिन्न समयमा मर्यादाविपरीत काम गर्दा आलोचनामासमेत पर्दै आएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij