२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

विश्वप्रकाश शर्मा भन्छन्- भुटानी शरणार्थी र गिरीबन्धु टी-स्टेटको अनुसन्धान अघि बढाउनुपर्छ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १२ २०८१
शनिवार, श्रावण १२ २०८१
  • बुटवल । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी-स्टेटको अनुसन्धान अघि बढाउनुपर्ने बताएका छन् ।

    मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौंले शनिबार जोरपाटीमा आयोजना गरेको २७ औँ साधारणसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेस र एमालेबीच भएको सातबुँदे समझदारी अनियमितताको अन्त्यका निम्ति भएको बताएका हुन् । उनले इमानदारीपूर्वक उक्त सम्झौता कार्यान्वयन गरेर जनतामा सुशासनको अनुभूति गराउनुपर्ने बताए । 

    महामन्त्री शर्माले अनियमिततामा संलग्न जो सुकैलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । 'जनतामा आशा जगाउन आर्थिक अनियमितताका विषयमा कानुनअनुसार काम गर्न सम्बन्धित निकायलाई स्वतन्त्र छोडिदिनुपर्छ, सुशासन सबैको चासोको विषय भएकाले सबै फाइल विधिपूर्वक खुल्नुपर्छ । यसले कोही व्यक्तिलाई गाह्रो पर्ला, कुनै पनि पार्टीलाई गाह्रो पर्दैन, कुनै पनि दलले भ्रष्टाचारका घटनामा संलग्नलाई बचाउन लाग्नु हुँदैन,' उनले भने ।

    संविधानमा नागरिकको ३१ वटा मौलिक हक उल्लेख गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउँदै उनले त्यसको कार्यान्वयनका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij