२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पा अस्पतालमा सेवा र  बिरामी बढ्दै

पाल्पा अस्पतालमा सेवा र  बिरामी बढ्दै

पाल्पा अस्पतालमा सेवा र  बिरामी बढ्दै

पाल्पा अस्पतालमा सेवा र  बिरामी बढ्दै

पाल्पा अस्पतालमा सेवा र  बिरामी बढ्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • पाल्पा 
    पाल्पा अस्पतालमा उपचार सेवा र चिकित्सक, कर्मचारी थपिदै गएपछि  बिरामीको संख्या दिनहुँ बढ्दैगएको छ । पाल्पा अस्पतालले गतवर्ष २०८२ साउनदेखि २०८३ असार मसान्तसम्म करीव ९५ हजार बिरामीलाई उपचार सेवाप्रदान गरेको छ । भवन तथा भौतिक पूर्वाधारको अभावमा  अस्पतालमा  दिनहुँ बिरामीको संख्या बढे पनि एउटै टेलबलमा ३ जना चिकित्सकले बिरामी जाच्नुपर्ने बाध्यता  रहेको छ ।  पछिल्लो समय पाल्पा अस्पतालमा दैनिक ५ सयसम्म बिरामीहरुले उपचार सेवा लिएका छन् ।


    पाल्पा अस्पतालले आर्थिक वर्ष २०८२ - ०८३ मा भएको उपचार  तथा सेवाप्रवाहको अवस्थाबारे समीक्षा गरेको छ । अस्पताल विकास समिति, संघीय, प्रदेश र स्थानीय गरी तीनतहकै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, पत्रकार, नागरिक अगुवा, विभिन्न संघ संस्थाको  सहभागितामा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डन डा. शान्तबहादुर रोका मगरले  विगत वर्षको सेवा प्रवाह तथा काम गर्दा आइपरेका समस्याहरुको बारेमा जानकारी गराएका छन् । पाल्पा अस्पतालमा पर्याप्त भवन, उपचार सेवामा कठिनाई हुँदै आएको छ । 


    अस्पतालबाट गतवर्ष ९४ हजार ४ सय ८४ जना बिमितले सेवा लिएका छन् । अस्पतालले आर्थिक वर्ष २०८२÷८३ मा स्वास्थ्य बिमा सेवालाई थप व्यवस्थित, ख वर्गको एम्बुलेन्स खरिद,  ई–हाजिरी प्रणाली, उपचार सेवालाई व्यवस्थित बनाउन चारवटा काउन्टर सञ्चालन, कल्चर ल्याब स्थापना तथा नयाँ परीक्षण सेवा, फिजियोथेरापी सेवाविस्तार, प्रशासनिक व्यवस्थापन, अक्सिजन प्लान्ट मर्मत तथा सञ्चालन, दन्त सेवाको स्तरोन्नति, आँखा उपचार तथा चस्मा वितरण तथा शल्यक्रिया कक्ष निर्माणलगायतका कामहरु प्राथमिकताका साथ गरेको  अस्पताल प्रमुख डा. रोकाले जानकारी दिए । 


    आगामी दिनमा अस्पतालको जग्गा व्यवस्थापन गरी डीपीआर निर्माण गरी नयाँ भवन निर्माण गर्ने, मर्चरी च्याम्बर स्थापना, इको प्रोब खरिद, साना ओटी उपकरण थपगर्ने,  स्वास्थ्य बिमा काउन्टर  बढाउने, कर्मचारी क्वार्टर व्यवस्थापन, नयाँ प्रयोगशाला परीक्षण सेवा तथा नेत्ररोग सेवाका लागि एनसीटी÷स्लिट ल्याम्प खरिद गर्ने योजना अघि सारेको अस्पताल विकास समितिका अध्यक्ष अजय कर्माचार्यले बताए । समितिका अध्यक्ष कर्माचार्यले अस्पतालको चौतर्फी विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आधुनिक भवन निर्माणसँगै आवश्यक थप जग्गाको व्यवस्थापन जरुरी रहेको बताए । अस्पतालको सेवा विस्तार र सुधारका लागि विभिन्न कोणबाट प्रयास भइरहेको उनले जानकारी दिए । 


    आर्थिक वर्ष २०८२÷८३ मा अस्पतालले सार्वजनिक गरेको आकस्मिक सेवाको प्रमुख १० रोगहरुमध्ये पहिलोमा ९.१७ प्रतिशत सीओपीडीका बिरामी रहेका छन् ।  दोस्रो स्थानमा पेट दुखाइ ८.१७ प्रतिशत, तेस्रोमा जनावरको टोकाइ ६.६८ प्रतिशत र चौथोमा एक्युट ग्यास्ट्राइटिस ६.२९ प्रतिशत रहेका छन् । 


    त्यसैगरी छाती दुख्ने समस्या ४.२८ प्रतिशत, सास फेर्न गाह्रो हुने समस्या करिब ४.१६ प्रतिशतर उच्च रक्तचापसम्बन्धी बिरामी ३ प्रतिशतभन्दा बढी रहेका छन् । मिर्गौलाको समस्या, मांसपेशी तथा हाडजोर्नीसम्बन्धी चोटपटक र दाँत दुखाइका बिरामीहरु पनि आकस्मिक सेवामा आउने गरेको अस्पतालले जनाएको छ । आकस्मिक सेवाबाट कुल ४ हजार १६२ जना बिरामीले सेवा लिएका छन् ।  अस्पतालमा बिरामीको चाप बर्सेनी बढ्दै गएको छ । ३ वर्षको बिरामीको विवरण हेर्दा गतवर्ष ओपिडीमा ९२ हजार २७० जना, अघिल्लो वर्ष  ८९ हजार ९४० जना र आर्थिक वर्ष २०८१÷०८२ मा८१ हजार १९१ बिरामीले सेवा लिएका छन् ।  पाल्पा अस्पतालमा, पेटसम्बन्धी समस्या, चोटपटक, उच्च रक्तचाप, मधुमेह, कोलेस्टोरलगायतन सर्ने रोगसम्बन्धीका बिरामीको संख्या दिनहँु बढ्दै गएको पाइएको छ । 


    समीक्षा कार्यक्रममा पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य माधव थापाले अस्पतालको भौतिक पूर्वाधार विकासका लागि आफूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अस्पतालको भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउँदै सारुले आफू स्वास्थ्यमन्त्री रहँदादेखि नै अस्पतालको भवननिर्माणका लागि पहल गर्दै आएको बताए ।

    प्रदेशसभा सदस्य इन्द्रा गहतराजले अस्पतालको विकासका लागि प्रदेश सरकारबाट आवश्यक बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् ।  कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका गैरे, तानसेन नगरपालिकाकी उप–प्रमुख प्रतीक्षा गाहा, अस्पताल विकास समितिका पूर्व अध्यक्षहरू डा. पुरन बज्राचार्य, नेत्र पाण्डेलगायतले अस्पतालको सेवा र पूर्वाधार विकासका विषयमा धारणा राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij