२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुढानीलकण्ठ १२ मा कपडा बैंक सञ्चालन

बुढानीलकण्ठ १२ मा कपडा बैंक सञ्चालन

बुढानीलकण्ठ १२ मा कपडा बैंक सञ्चालन

बुढानीलकण्ठ १२ मा कपडा बैंक सञ्चालन

बुढानीलकण्ठ १२ मा कपडा बैंक सञ्चालन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  •  

    काठमाडौं  । काठमाडौंको  बुढानीलकण्ठ नगरपालिका वडा नं १२ मा कपडा बैंक सञ्चालनमा आएको छ । समुदायमा खेर फालिने कपडाको पुनःप्रयोगको संस्कार विकास गर्दै आवश्यकतामा रहेका व्यक्तिलाई कपडा सहयोग पुर्‍याउने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका वडा नं १२ र क्लोथ एन्ड फुड बैंक नेपालको सहकार्यमा कपडा बैंक सञ्चालनमा ल्याइएको हो । 

    कार्यक्रममा बोल्दै  प्रमुख अतिथि  बुढानीलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष तथा समाजसेवी शम्भु प्रसाद भट्टराईले प्रयोगमा नआएका कपडालाई फोहोरका रूपमा फाल्नुको सट्टा आवश्यकतामा रहेका व्यक्तिसम्म पुर्‍याउन सके सामाजिक सेवासँगै वातावरण संरक्षणमा समेत योगदान पुग्ने बताउनुभयो । 

    क्लोथ एन्ड फुड बैंक नेपालका संस्थापक अध्यक्ष कमल जिसीले आफ्नो इच्छाअनुसार दिनुहोस्, आफ्नो आवश्यकताअनुसार लिनुहोस् भन्ने अवधारणाका साथ कपडा बैंक अभियान अघि बढाइएको बताउनुभयो । उहाँले घरमा प्रयोगमा नआएका तर पुनःप्रयोग गर्न मिल्ने कपडा संकलन गरी आवश्यक परेका व्यक्तिलाई देशभर कपडा बैंक स्थापना गरेर निःशुल्क उपलब्ध गराउंदै आएको जानकारी दिनुभयो ।

    कपडा बैंक अभियानले आर्थिक रूपमा कमजोर परिवार, विद्यार्थी तथा आवश्यकतामा रहेका समुदायका सदस्यलाई मात्र नभई तपाई जो कोहिलाइ सहयोग पुग्ने र कपडाको पुनःप्रयोगमार्फत वातावरणीय प्रदूषण घटाउन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न अभियानले महत्वपूर्ण भूमिका खेल्ने जिसीले स्पष्ट पार्नुभयो । 

    कार्यक्रममा नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल, वडा नं १२ का  वडा सदस्यहरू इश्वरी खतिवडा, शान्ता ढकाल पुडासैनी, मिना बयलकोटी र डिल्ली प्रसाद खतिवडा लगायतको उपस्थिति रहेको थियो । सहभागीहरुले कपडा बैंकले मानवीय सेवाका लागि गरेको सामाजिक कामको खुलेर प्रसंशा गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij