२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल उद्योग बाणिज्य संघ रुपन्देही : टंक प्रसाद गैरेको प्यानलद्वारा प्रतिबद्धता पत्रसहित उम्मेदवारी घोषणा

बुटवल उद्योग बाणिज्य संघ रुपन्देही : टंक प्रसाद गैरेको प्यानलद्वारा प्रतिबद्धता पत्रसहित उम्मेदवारी घोषणा

बुटवल उद्योग बाणिज्य संघ रुपन्देही : टंक प्रसाद गैरेको प्यानलद्वारा प्रतिबद्धता पत्रसहित उम्मेदवारी घोषणा

बुटवल उद्योग बाणिज्य संघ रुपन्देही : टंक प्रसाद गैरेको प्यानलद्वारा प्रतिबद्धता पत्रसहित उम्मेदवारी घोषणा

बुटवल उद्योग बाणिज्य संघ रुपन्देही :  टंक प्रसाद गैरेको प्यानलद्वारा प्रतिबद्धता पत्रसहित उम्मेदवारी घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  •  

    बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६ औं अधिवेशनका लागि टंक प्रसाद गैरेको नेतृत्वमा "परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध बुटवलको साझा प्रतिबद्धता" नारासहितको संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ। सम्पूर्ण उद्योगी-व्यवसायीहरूको हित र समृद्धिलाई प्राथमिकतामा राख्दै यस प्यानलले विहिबार पदाधिकारी तथा सदस्य उम्मेदवारहरूको समूह र १० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

    संघको आगामी कार्यकालका लागि टंक प्रसाद गैरेको अध्यक्षतामा बनेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा विमल राज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी, महासचिवमा यमुना पौडेल, सचिवमा काशीराम शर्मा पौडेल, कोषाध्यक्षमा टिकाराम बञ्जाडे र सह-कोषाध्यक्षमा जाकिर हुसैन उम्मेदवार रहेका छन्। यसैगरी सदस्य पदहरूमा बालकृष्ण पौडेल, दिपक बास्तोला, गोपाल ढकाल, प्रविण श्रेष्ठ, सुनिता अर्याल, मनिष कुमार श्रेष्ठ, मिलन कुमार भारी, राजेश भट्टराई, सुनिता गिरी, पुजा श्रेष्ठ, मनिष खनाल, गणेश प्रसाद सेढाई, लाल प्रसाद खनाल, जनक श्रेष्ठ, गोपाल अर्याल, मुक्ति प्रसाद श्रेष्ठ र ठाकुर घिमिरे चुनावी प्रतिस्पर्धामा छन्।

    प्यानलद्वारा जारी प्रतिबद्धता पत्रमा बुटवल ऐतिहासिक व्यापारिक केन्द्र भए तापनि बढ्दो व्यावसायिक लागत, बजारको मन्दी, अव्यवस्थित पूर्वाधार, नीतिगत अस्पष्टता र अस्वस्थ प्रतिस्पर्धाका कारण उद्योगी-व्यवसायीहरू अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको उल्लेख छ। संघलाई केवल औपचारिक संस्थामा सीमित नराखी हरेक व्यवसायीको भरोसायोग्य साथी र समस्या समाधानको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य उनीहरूले लिएका छन्।

    यस प्यानलले संयुक्त र समावेशी नेतृत्व, उद्योगी-व्यवसायीको सम्मान तथा संरक्षण, व्यवसायमैत्री नीति र वातावरण निर्माण, लगानी तथा उद्योगको सुरक्षा, र बुटवलको पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। साथै, बजार विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, डिजिटल तथा आधुनिक व्यवसाय प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलतामा पहुँच विस्तार, पर्यटन र स्थानीय अर्थतन्त्रको विकास तथा पारदर्शी र परिणाममुखी संस्था सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
    "आश्वासन होइन परिणाम, व्यक्ति होइन संस्था, एकल नेतृत्व होइन संयुक्त नेतृत्व" भन्ने संकल्पका साथ समृद्ध बुटवल निर्माणका लागि नयाँ सोच र साझा प्रयाससहित अमूल्य मत दिएर विजय गराउन प्यानलले सम्पूर्ण उद्योगी-व्यवसायीहरूसँग अपिल गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij