२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उद्योग ब्यापार संघमा फेन्सी, रेडीमेड तथा जुत्ता–चप्पल वस्तुगत उपसमिति गठन

उद्योग ब्यापार संघमा फेन्सी, रेडीमेड तथा जुत्ता–चप्पल वस्तुगत उपसमिति गठन

उद्योग ब्यापार संघमा फेन्सी, रेडीमेड तथा जुत्ता–चप्पल वस्तुगत उपसमिति गठन

उद्योग ब्यापार संघमा फेन्सी, रेडीमेड तथा जुत्ता–चप्पल वस्तुगत उपसमिति गठन

उद्योग ब्यापार संघमा फेन्सी, रेडीमेड तथा जुत्ता–चप्पल वस्तुगत उपसमिति गठन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • बुटवल ।  उद्योग व्यापार संघ बुटवल, रुपन्देहीले फेन्सी, रेडीमेड तथा जुत्ता–चप्पल व्यवसायीलाई समेट्दै १३ सदस्यीय वस्तुगत उपसमिति गठन गरेको छ ।
    संघका अध्यक्ष लोकनाथ पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थितिमा नारायण पौडेलको संयोजकत्वमा उपसमिति गठन गरिएको हो।
    नवगठित उपसमितिको संयोजकमा नारायण पौडेल, सह–संयोजकमा नारायण प्रसाद सिंङ्देल, सचिवमा गोविन्द भण्डारी र कोषाध्यक्षमा शिवलाल घिमिरे चयन भएका छन् । त्यस्तै सदस्यहरूमा इन्द्र न्यौपाने, मोहम्मद अली मियाँ, जाहेरा वानु, समिर दिन मियाँ, सहमत मियाँ, अजय नेपाल, जीवन राना, विष्णु पाण्डे र सन्तोष पन्थी मनोनित भएका छन् । 
    कार्यक्रममा संघका महासचिव विजय आचार्यले कार्यक्रम सञ्चालन, उद्योग उपाध्यक्ष केशव श्रीसको धन्यवाद मन्तव्य तथा संघका सह–कोषाध्यक्ष विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए । नवगठित वस्तुगत उपसमितिले फेन्सी, रेडीमेट तथा जुत्ता–चप्पल व्यवसायीका साझा समस्या पहिचान गर्दै व्यवसाय प्रवद्र्धन, व्यवसायीबीच समन्वय तथा हकहितका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको संघका वरिष्ठ उपाध्यक्ष पदम जीसीले बताए । यसअघि पनि तीन वटा उपसमिति गठन भइसकेका र थप वस्तुगत समितिहरु गठन हुने क्रम निरन्तर जारी रहने संघका अध्यक्ष पन्थीले बताए ।

    उपसमिति गठनका अवसरमा संघको आयोजनामा आगामी पुस ३ देखि बुटवल मण्डपमा हुने औद्योगिक ब्यापार मेलालाई नयांपन सहित भव्यरुपमा सफल बनाउन अहिल्यै देखि तयारीका काम तीब्र बनाउनुपर्ने विषयमा पनि छलफल भएको संघका कोषाध्यक्ष दिलिप शर्मा पौडेलले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij