२०८३, आश्विन २९ गते

Oct 15 2026

images
images

भ्रष्टाचारलाई राष्ट्रिय अपराध र भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्न जनमुक्ति पार्टीको माग

भ्रष्टाचारलाई राष्ट्रिय अपराध र भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्न जनमुक्ति पार्टीको माग

भ्रष्टाचारलाई राष्ट्रिय अपराध र भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्न जनमुक्ति पार्टीको माग

भ्रष्टाचारलाई राष्ट्रिय अपराध र भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्न जनमुक्ति पार्टीको माग

भ्रष्टाचारलाई राष्ट्रिय अपराध र भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्न जनमुक्ति पार्टीको माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन २९ २०८३
बिहिवार, आश्विन २९ २०८३
  •  

    बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई राष्ट्रिय अपराध र भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्न माग गरेको छ। पार्टीको १२औँ राष्ट्रिय भेलाले भ्रष्टाचार अन्त्यका लागि अधिकारसम्पन्न आयोग गठन गर्नेदेखि प्रवासमा रहेका नेपालीको नागरिकता अधिकार सुनिश्चित गर्नेसम्मका १० बुँदे प्रस्ताव पारित गरेको जनाएको छ।

    बिहीबार पत्रकार सम्मेलन गरी पार्टीका महासचिव एवं भेला संयोजक टोप अस्लामीले असोज २५ देखि २७ गतेसम्म रूपन्देहीमा सम्पन्न राष्ट्रिय भेलाले पारित गरेका प्रस्ताव सार्वजनिक गरेका हुन्। उनले जेनजी आन्दोलनपछि बनेको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताउँदै सरकार र सत्तासीन दललाई गम्भीर हुन आग्रह गरे।

    अस्लामीका अनुसार भेलाले सरकारको छमहिने कार्यकालको समीक्षा गर्दै कार्यदक्षता, जनआकांक्षा र राष्ट्रिय आवश्यकताका विषयमा सरकारले सन्तोषजनक काम गर्न नसकेको निष्कर्ष निकालेको छ। आगामी छ महिनामा पनि यही अवस्था कायम रहे राष्ट्रिय निराशा थप गहिरिने भन्दै पार्टीले सरकारलाई खबरदारी गरेको उनले बताए।

    भ्रष्टाचार अन्त्यलाई जेनजी आन्दोलनको प्रमुख मागका रूपमा उल्लेख गर्दै अस्लामीले भ्रष्टाचारविरुद्ध कडा कानुनी र संस्थागत व्यवस्था आवश्यक रहेको बताए। संघीय संसद्ले भ्रष्टाचारलाई राष्ट्रिय अपराध र भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्नुपर्ने, पूर्ण स्वायत्त र अधिकारसम्पन्न भ्रष्टाचार उन्मूलन आयोग गठन गर्नुपर्ने तथा भ्रष्टाचारसम्बन्धी मुद्दा बढीमा तीन वर्षभित्र टुंग्याउने व्यवस्था गर्नुपर्ने प्रस्ताव पारित भएको उनले जानकारी दिए।

    त्यस्तै, विभिन्न कारणले विदेशमा रहेका नेपालीको नागरिकता अधिकार सुनिश्चित गर्नुपर्ने पार्टीको माग छ। स्वेच्छाले नागरिकता त्याग नगरेका प्रवासी नेपालीको नागरिकताको अधिकार कुनै पनि अवस्थामा गुम्न नहुने भन्दै राज्यले त्यसको ग्यारेन्टी गर्नुपर्ने प्रस्ताव भेलाले पारित गरेको अस्लामीले बताए।

    गोर्खा सैनिक र तिनका सन्ततिले नेपालको राष्ट्रिय हित तथा अन्तर्राष्ट्रिय पहिचानमा पुर्‍याएको योगदानको सम्मान गर्नुपर्नेमा पनि पार्टीले जोड दिएको छ। उनीहरूको योगदानको कदर गर्दै संघीय संसद्बाट राजनीतिक कृतज्ञता प्रस्ताव पारित गर्न र विदेशमा रहेका गोर्खा सैनिक तथा तिनका सन्ततिका लागि वंशजको नागरिकता सुनिश्चित गर्नुपर्ने माग गरिएको उनले बताए।

    भेलाले संविधानप्रदत्त संरक्षित क्षेत्र, विशेष क्षेत्र र स्वायत्त क्षेत्रको पहिचान, निर्धारण तथा गठनका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। राष्ट्रिय समृद्धिका लागि राज्य, उद्यमी र सर्वसाधारणको बराबर हिस्सेदारी रहने त्रिपक्षीय साझेदारीमा आधारित लगानी मोडेल अपनाउनुपर्ने प्रस्तावसमेत पारित गरिएको अस्लामीले जानकारी दिए।

    पार्टीले स्वयंसेवी कार्यलाई केन्द्रदेखि स्थानीय तहसम्म संगठनको अभिन्न अंगका रूपमा विकास गर्ने र पार्टी नेतृत्वमा ‘नेसनल भोलन्टियर्स’ संगठनलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरेको छ। यसैगरी, भ्रष्टाचारविरुद्धको राष्ट्रिय अभियानलाई देशव्यापी सञ्जालका रूपमा विस्तार गर्ने तथा धर्मनिरपेक्षताको नीतिलाई समन्वय र सद्भावका साथ कार्यान्वयन गर्न प्राथमिकता दिने निर्णय गरिएको उनले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij