२०८३, आश्विन ३० गते

Oct 16 2026

images
images

दसैैं पर्व नेपालीको राष्ट्रिय पर्व एक परिचर्चा

दसैैं पर्व नेपालीको राष्ट्रिय पर्व एक परिचर्चा

दसैैं पर्व नेपालीको राष्ट्रिय पर्व एक परिचर्चा

दसैैं पर्व नेपालीको राष्ट्रिय पर्व एक परिचर्चा

दसैैं पर्व नेपालीको राष्ट्रिय पर्व एक परिचर्चा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ३० २०८३
शुक्रवार, आश्विन ३० २०८३
  • झपेन्द्र जिसी
    विषय प्रवेशः
    यो पंक्तिकारले केही वर्षदेखि दशैं पर्वको विषयमा छोटो मोटो लेख लेखी पत्रपत्रिकामा प्रकाशित गर्दै आएको छ । दशैं पर्व अधिकांश नेपालीको राष्ट्रिय पर्व हो । यस पर्वलाई आफूलाई वैदिक हिन्दु धर्मावलम्बी ठान्ने हिन्दु ब्राह्मणले हिन्दुको पर्व भनेर दाबी गरेको पाइन्छ । उनीहरुले त्रेतायुगमा रामले रावण र अन्य इतर धर्ममाथि विजय प्राप्त गरेको हो भनेर तदुपरान्त दशैं पर्वलाई विजयदशमी वा विजयको प्रतीकका रुपमा दशैं पर्वलाई विजय दशैंं भन्ने मान्यता स्थापना गर्दै आएको पाइन्छ ।
    अर्काेतर्फ केही आफूलाई जनजाति भनेर गौरव गर्नेहरुले जनजातिलाई मारेर त्यही रगतले अक्षता मुछी टीका लगाउने र रगतमा हातको पञ्जा डोबी भित्तामा छाप लगाउने गरेको भनी आजकल भन्ने गरेको सुनिन्छ । 
    यी दुवै दावीहरु अतिवादी दाबी हुन् भनेर यस आलेखमा केही प्रकाश पार्ने कोशिश गरिएको छ । यो लेखमा सहमति असहमति राख्ने उनीहरुको विवेकमा आधारित हुनेछ । 
    मूल पाठ पहिले कुरा त यो दशैं पर्व हिन्दु मात्रको पर्व होइन । 
    बौद्ध, बोन धर्ममा आस्था राख्नेहरुले पनि दशैं पर्व मनाउँछन् । बौद्धमार्गीले पनि दशैं पर्व धुमधामले मनाउँदै टीका जमारा लगाएको प्रष्टै देखिन्छ ।
    हाम्रो दक्षिणतिरको छिमेकी भारतमा आफूलाई हिन्दु भनेहरुले दशमीलाई दशैं भन्दा राम नवामीलाई बढी मान्दछन् । राम÷रावण कथामा आधारित भएर रामलीला गाउँ मोहल्लामा धुमधामका साथ मनाउँछन् । दशैं नभनेर राम अष्टमी,  रामनवामी र दशमी भनेर भन्दछन् । टीका जमरा लगाउने संस्कृति त्यहाँ छैन ।
    ती सबैका बाबजुद दक्षिण भारतमा रावणको पूजा गर्दछन् । रावणलाई महान् देवता वा महान् पुरुष मान्दछन् । 
    यी सबै आआफ्ना आस्था  विश्वासमा आधारित छन् । हाम्रो तराई–मधेश क्षेत्रमा पनि रामलीला मनाउने गर्दछन् । कतिपयले जमारा, टीका नलगाउने र कतिपयले जमरा टीका लगाउने प्रचलन पनि देखिन्छ । 
    बसाइ सराइ र जनसांख्यिाक अन्तर घुलनले सांस्कृतिक एक रुपता कतै देखिन्छ भने कतै भिन्नता । विभिन्न जातजातिको सुन्दर फूलबारीका रुपमा रहेको हाम्रो देश नेपालमा एक रुपता र विविधता हुनु स्वाभाविकै हुन जान्छ । यसलाई अन्यथा मान्नुपर्ने वा आश्चर्य चकित हुनुपर्ने कुनै कारण देखिदैन ।
    भन्नेले जसरी भने पनि जसरी विश्वास गरे पनि पर्व संस्कृतिको उत्पत्तिमा उत्पादन पद्धति र निर्माण पद्धतिले  र ऋतु परिवर्तनले भूमिका खेलेको हुन्छ ।
    हाम्रो देश नेपालमा वसन्त, गृष्म, वर्षा, शरद, हेमन्त, शिशिर छ ऋतु मानिदै आएको छ । 
    यी छ ऋतुमध्ये वसन्त ऋतु र शरद ऋतु बीउ बाल रोपण गर्ने ऋतु हुन् । यसरी नै शरद ऋतु आगवनका बेला हिउँदे खेतीका लागि बिउबाल (जौ, गहुँ, मसुरो, केराउ, मुग) आदि खेतबारीमा छरिन्छ । 


    बिउ बाल खेतबारीमा छर्नुपूर्व बिउ सद्धे छ कि असद्धे छ, कुहेको छ कि राम्रो छ, वा नकुहेको भए पनि उमार शक्ति बिउमा छ कि छैन जाँच गर्न आदिमकालीन मानव जाति घुमन्ते युगलाई पार गरी रस्तीबस्ती बसालेर स्थायी बसोबास गर्न थाले । बीउ बाल रोपण गर्नु पूर्व पातको टपरीमा माटो, बालुवा मल राखी आफूसँग भएका बीउ टपरीमा माटो राखी आफ्ना झोपडीको अँध्यारो कुनामा राखेर उमार्ने पद्धतिको विकास गरे । अझै पनि त्यो पद्धति अहिलेसम्म पनि कायम छ ।


    कसैका बीउ राम्ररी उम्रिए । कसैका बीउ नउम्रेको पाए । जसको बिउहरु उम्रिए उसले त्यो जमरालाई आफ्नो कानमा सिउरिएर जसको बिउ उम्रिएन उसले बिउ उमार्नेको घर झोपडीबाट बिउ सापट लिएर रोपण गरे । त्यो बीउ सद्धे हुने हुँदा राम्ररी उम्रियो । उसले पनि खुशी हुँदै आफू र आफ्नो परिवारका सदस्यको कानमा लगाए ।


    प्रिय मित्रहरु ! जमरा उम्रनु वा टुसाउनु भनेको खुशीको कुरा हो । अँध्यारो प्रकाश नभएको कोठामा उमारिएको हुँँदा जमरा पहेंलो हुनु स्वाभाविकै हो । यसरी ती आदिम मानव जाति वा हाम्रा पुर्खाले जमरा संस्कृतिको सुरुवात र विकास गरेको कुरा वस्तुगत तथ्य र प्रकृति सापेक्ष भएको पाइन्छ । तपाईंलाई कस्तो लाग्छ ?


    टीका अर्थात् चामलको टीका संस्कृति
    हाम्रो नेपाल धेरै ताल तलैया भएको देश हो । यी ताल तलैया र दलदल क्षेत्रहरु जैविक उत्पत्तिका आधार हुन् ।
    सुक्ष्म ढंगले र वस्तुवादी ढंगले अवलोकन गर्दा यी  दलदल क्षेत्र, ताल तलैयामा धेरै जैविक विविधता, माछा, कछुवा, सर्प, कमलका रंगी विरंगी फूलहरु समेत पाइन्छ ।


    अन्तको कुरा नगरौैं उच्च हिमाली क्षेत्र जुम्ला सिंजा फाँटमा फलाइने मार्सी धान विश्व प्रसिद्ध छ । त्यस्तै अजिगरा (अजिगर) ताल कपिलवस्तु, प्रवास ताल र माडी बुडुवा ढाव पाल्पा, पोखराको वेगनास तालमा धानको पुर्खा प्राकृतिक धान आफै उम्रने, आफै फल्ने गर्दथे र गर्दछन् । दह अनुसारको लम्बाईका हुने गर्दछन्  । मानवीय अतिक्रमणका कारण कतिपय तालतलैयामा ती धानहरु लिपोन्मुख हुन बाध्य छन् । यही धानलाई क्रस पोलिनेसन गरी नयाँ नयाँ धानको प्रजाति बनाइएको हुनुपर्छ र पाइन्छ ।
    विश्वका अन्य देशका तालतलैयामा जस्तै नेपाली तालतलैया पनि धानको उत्पत्ति क्षेत्र हो, प्रिय मित्रहरु ! हाम्रा पुर्खाहरुले तिनै धान ढिंकीले कुटेर भात खाने मात्र काम गरेन् उनीहरुले त धानको उत्पत्तिको पहिचान स्थापित गर्न साइनबोर्ड रुपी आफ्नो निधारमा अक्षताकोे टीका लगाएर धानको उत्पत्तिको स्वामित्व लिए । अहिले विश्व व्यापार संघ र डब्लुटिओबाट उत्पत्तिको स्वामित्व लिने होडबाजी छ । तर नेपाली हाम्रा पुर्खाले दशैं लगायत विभिन्न चाडपर्वमा निधारमा अक्षताको टीका लगाएर पेन्टेन्रराइट परापूर्वकालदेखि लिंदै आएको दशैं पर्वले देखाउँछ । 


    दक्षिणी छिमेकी देश भारतका शासक नरेन्द्र मोदी एण्ड कम्पनीले चामलकोे टीका लगाउँदैनन् । जमरा बारे केही जान्दैनन् । तर नेपालमा भने  अधिकांश नेपालीले यो दशैं पर्र्वमा चामलको टीका निधारमा लगाउँछौं र कानमा जमरा लगाउँछौं । सिउरहन्छौं । धान कुटेर भुस  फालेपछि प्राप्त हुने गुदी नै चामल हो । निधारमा लगाउने टीकालाई अक्षता भनिन्छ । प्रारम्भिक दिनमा दशैंका होस् वा अन्य शुभकार्यमा जस्ताको तस्तै सबै जातिले सेतो टीका नै लगाए । तर पछिल्ला दिनहरुमा रंगको आविष्कार र प्राप्तिपछि शुभकार्यमा रातो अक्षताको टीका, दुःख वा शोक पर्दा केशरी वा बेसार÷हर्दीमा मुछेर पहेंलो अक्षताको टीका लगाउन थालेको वस्तुगत अध्ययनले देखाउँछ । अहिले पनि कतिपय मानव जातिले शुभकार्य, दशैं, विवाह आदिमा समेत सेता टीका  लगाएको पाइन्छ र सेतो रंग पनि अशुभ होइन र अशुभ हुने कुरै रहेन । किनकि मूल रंग त सेतो नै हो जुन सूर्यको प्रकाशमा समेत पाइन्छ । आजकाल मानवहरु विभिन्न संघ संस्था वा संसदीय निर्वाचनमा नेतृत्व लिन प्रतिस्पर्धा गर्दछन् । जो जो विजयी हुन्छन् उनीहरुलाई रातो अविर लगाएर बधाई दिइन्छ । यहाँनेर यो जाति वा त्यो जाति भन्ने कुरा हुँदैन । सबैले रातो अविर ग्रहण गरेको पाइन्छ । त्यसैले अमुक जातिले अमुक जातिलाई काटेर टीका लगाउन थालेको भन्ने कुरा सरासर विषय वस्तुलाई गहिराइका साथ बुझ्न नसक्नु वा बुझेर पनि बुझ पचाउनु नै हो । अथवा यसबाट संकीर्ण साम्प्रदायिक गन्ध आउँछ ।


    प्रिय मित्रहरु ! ब्राह्मण क्षत्रीले मगर वा अन्य जनजातिको हत्या गरेर रगतको पञ्जा छाप भित्तामा लगाउने त्यही रगतले चामलको टीका मुछेर निधारमा लगाउने गरेको आरोप आजकाल सुनिदै आएको छ । के साँचो कुरा आरोपित गरे झैं नै हो त ?
    सामाजिक र ऐतिहासिक अध्ययन र मानव विकासको अध्ययन गर्दा यस्तो पाइँदैन र होइन भनेर सहजै भन्न सकिन्छ ।
    सत्य  कुरा के हो र हुुनुपर्छ भने सेतो रंग  प्राइम कलर हो वा मुख्य रंग हो । ढिंकीले ओखलमा धान कुटेपछि एकातिर धानको बोक्रा (भुस) हुन्छ भने अर्काेतर्फ चामल हुन्छ । अक्सर धेरै जसो चामल सेतो हुन्छ तर मार्सी धानको चामल त रातो रातो वा खेरो वा ब्राउन रंगको हुन्छ । तर मार्सी धानको चामल त रातो रातो वा खेरो वा ब्राउन रंगको हुन्छ । कुनै धान बुर्तिवाङ, ढोरपाटनतिरको त चामलको रंग अझै रातो नै हुन्छ ।


    प्रारम्भिक दिनमा आज बजारमा पाइने सप्त रंग वा त्यो भन्दा अझ बढी रंगको पत्ता लागेको थिएन । मानव जातिले अध्ययन अनुसन्धानका क्रममा विभिन्न रंगको आविष्कार गरे । धानको बोक्रा हटाएपछि प्राप्त हुने आउँछ यहाँनेर ।
    बाँकी ३ पेजमा

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij