२०८३, आश्विन ३० गते

Oct 16 2026

images
images

सुनवलमा आगामी मसिर ३ गतेदेखि १५ मंसिर गतेसम्म छैठौं सुनवल महोत्सव–२०८३ मेला हुने

सुनवलमा आगामी मसिर ३ गतेदेखि १५ मंसिर गतेसम्म छैठौं सुनवल महोत्सव–२०८३ मेला हुने

सुनवलमा आगामी मसिर ३ गतेदेखि १५ मंसिर गतेसम्म छैठौं सुनवल महोत्सव–२०८३ मेला हुने

सुनवलमा आगामी मसिर ३ गतेदेखि १५ मंसिर गतेसम्म छैठौं सुनवल महोत्सव–२०८३ मेला हुने

सुनवलमा आगामी मसिर ३ गतेदेखि १५ मंसिर गतेसम्म छैठौं सुनवल महोत्सव–२०८३ मेला हुने
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, आश्विन ३० २०८३
शुक्रवार, आश्विन ३० २०८३
  •  

     

    परासी । पश्चिम नवलपरासीको सुनवलमा आगामी मंसिर छैठौं सुनवल महाेत्सव हुने भएकाे छ ।सुनवल उद्योग बाणिज्य संघ सुनवल नवलपरासीको आयाेजनामा  आगामी मंसिर  ३ गतेदेखि १५ मंसिर गतेसम्म छैठौं सुनवल महोत्सव–२०८३ मेला हुने लागेकाे हाे  । सुनवलको सोम­नाथ बजार परिसरमा सञ्चालन हुने महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापार व्यवसायको विस्तार तथा पर्यटन विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको आज पत्रकार सम्मेलन गरि जानकारी गराईएकाे छ ।

     महाेत्हवकाे बारे जानकारी गराउदै सुनव उद्योग बाणिज्य संघका अध्यक्ष रशेश कर्माचार्यले 

    महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादनको बजारीकरण, उद्योग तथा व्यापारको विकास, पर्यटन प्रवर्द्धन र उपभोक्तालाई एउटै स्थानमा विभिन्न वस्तु तथा सेवाको अवलोकन र खरिद गर्ने अवसर प्रदान गर्नु बताए । महोत्सवले उत्पादक, वितरक, व्यवसायी तथा उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक सम्बन्ध विस्तार गर्ने विश्वास आयोजकले लिएको छ।संघका महासचिव तेजप्रसाद भण्डारीले  १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब २०० वटा स्टल रहने जानकारी दिए ।उनकाे अनुसार  महोत्सवमा १४५ व्यावसायिक स्टल, होटल तथा खानपानका १५ स्टल, महिला उद्यमीका लागि निःशुल्क ३० स्टल, शैक्षिक संस्थाका ३, स्वास्थ्य क्षेत्रका १, सञ्चार क्षेत्रका १ तथा कृषि क्षेत्रका ४ निःशुल्क स्टल रहने बताए ।

    महोत्सवलाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी शैक्षिक तथा व्यावहारिक सिकाइको अवसरका रूपमा विकास गर्ने उद्देश्यसमेत राखिएको छ। महोत्सवमा विद्यालयस्तरीय डान्स आइडल, गायन प्रतियोगिता, विज्ञान प्रदर्शनी तथा खाना महोत्सव सञ्चालन गरिनेछ। 

    राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, विद्यालय तथा कला केन्द्रका सांस्कृतिक कार्यक्रम, बाल उद्यान, मनोरञ्जनात्मक खेल, सेल्फी जोन तथा विभिन्न जातजातिका परम्परागत खानाका स्टलहरू महोत्सवका मुख्य आकर्षण रहनेछन्।

    महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ७० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। सामूहिक रूपमा आउने विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। 

    त्यसैगरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने आयोजकले जनाएको छ।

    होटल व्यवस्थापन (एचएम) विषय अध्ययन–अध्यापन हुने विद्यालयका विद्यार्थीलाई आफ्नो अध्ययनसँग सम्बन्धित व्यावहारिक अभ्यासका लागि निःशुल्क स्टल उपलब्ध गराइने जनाइएको छ।आयोजकले महोत्सव अवधिभर करिब एक लाख दर्शकले अवलोकन गर्ने तथा १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएकाे संघका उद्योग उपाध्यक्ष ईश्वरी भणडारीले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij