२०८३, आश्विन २९ गते

Oct 15 2026

images
images

गार्गी एकेडेमीका सञ्चालक, शिक्षक–कर्मचारी र विद्यार्थीलाई लुम्बिनी केबलकारमा छुट

गार्गी एकेडेमीका सञ्चालक, शिक्षक–कर्मचारी र विद्यार्थीलाई लुम्बिनी केबलकारमा छुट

गार्गी एकेडेमीका सञ्चालक, शिक्षक–कर्मचारी र विद्यार्थीलाई लुम्बिनी केबलकारमा छुट

गार्गी एकेडेमीका सञ्चालक, शिक्षक–कर्मचारी र विद्यार्थीलाई लुम्बिनी केबलकारमा छुट

गार्गी एकेडेमीका सञ्चालक, शिक्षक–कर्मचारी र विद्यार्थीलाई लुम्बिनी केबलकारमा छुट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन २९ २०८३
बिहिवार, आश्विन २९ २०८३
  • बुटवल । बुटवलको देविनगरस्थित गार्गी एकेडेमी र लुम्बिनी केबलकारबीच टिकट दरमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

    सम्झौताअनुसार लुम्बिनी केबलकारले गार्गी एकेडेमीका सञ्चालक, शिक्षक तथा कर्मचारीलाई केबलकारको टिकट दरमा २० प्रतिशत छुट दिनेछ । त्यस्तै, विद्यालयका शिक्षक वा विद्यार्थीको ५० जनाभन्दा बढीको समूहलाई प्रतिटिकट ७५० रुपैयाँको सट्टा ५०० रुपैयाँमा केबलकार यात्रा गराउने सहमति भएको छ ।

    सम्झौतापत्रमा लुम्बिनी केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ र गार्गी एकेडेमीका प्राचार्य भुवन अधिकारीले हस्ताक्षर गरी आदानप्रदान गरेका छन् । सम्झौताका क्रममा विद्यालय सञ्चालक समिति अध्यक्ष झविन्द्र अधिकारी कृष्ण र निवर्तमान अध्यक्ष रणबहादुर थापाको उपस्थिति थियो ।

    विद्यालयका प्राचार्य अधिकारी र अध्यक्ष अधिकारीले सम्झौताबाट विद्यालयका सञ्चालक, शिक्षक तथा विद्यार्थीले केबलकार यात्रामा सहुलियत पाउनुका साथै बुटवलको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अवसर मिलेको बताए ।

    केबलकारका अप्रेसन म्यानेजर कायस्थले अष्ट्रियाको डुपलमायर कम्पनीबाट निर्मित लुम्बिनी केबलकार विश्वमै सबैभन्दा अत्याधुनिक प्रविधि र सुरक्षित केबलकार भएको जानकारी गराए  ।  

    केवलकार यात्रा र कामाख्या मन्दिर दर्शनपछि बसन्तपुरमा घुमफिर र समय कटाउन कम्पनीले जीपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, रेष्टुरेन्ट,  सेमिनार हल लगायत पर्यटकीय पुर्वाधार बनाएको जानकारी गराए  । 


    केबलकारका व्यवस्थापक घिमिरेले प्राकृतिक हिसाबले स्वच्छ, शान्त हरियालीयुक्त र मनोरम बसन्तपुरमा गर्मीमा शीतल र जाडोमा घाम लाग्ने हुंदा जुनसुकै मौसममा पर्यटकको रोजाइको थलो बनेको र विभिन्न संस्थाको गोष्ठी सेमिनार र विवाह गर्ने थलोको रुपमा समेत विकास हुन थालेको बताए  । 


    गार्गी एकेडेमीमा करिब तीन हजार विद्यार्थी र सय जना बढी शिक्षक कर्मचारी कार्यरत छन् । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij