२०८३, कार्तिक २ गते

Oct 18 2026

images
images

तीन युवाको लगानीमा भैरहवा स्नूकर क्लब सञ्चालनमा

तीन युवाको लगानीमा भैरहवा स्नूकर क्लब सञ्चालनमा

तीन युवाको लगानीमा भैरहवा स्नूकर क्लब सञ्चालनमा

तीन युवाको लगानीमा भैरहवा स्नूकर क्लब सञ्चालनमा

तीन युवाको लगानीमा   भैरहवा स्नूकर क्लब सञ्चालनमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक २ २०८३
आइतवार, कार्तिक २ २०८३
  •  

    भैरहवा । रुपन्देहीको भैरहवामा स्नूकर खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित भैरहवा गल्लामण्डीमा  ५० लाख लगानीमा  भैरहवा स्नूकर क्लब सञ्चालनमा आएको छ। नेपाल बिलियार्ड्स, स्नूकर तथा पुल संघ रुपन्देहीका अध्यक्ष सुजन पुनले क्लबको उद्घाटन गरेका हुन्। । 

    उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पुनले स्नूकर खेलमा रुपन्देही जिल्ला देशमै अग्रणी स्थानमा रहेको बताए। रुपन्देहीले राष्ट्रियस्तरमा आफ्नो पहिचान स्थापित गर्नुका साथै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने खेलाडीसमेत उत्पादन गर्न सफल भएको उनको भनाइ थियो।

    स्नूकर खेलको विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण, खेलाडीलाई नियमित अभ्यासको अवसर तथा नयाँ प्रतिभाको पहिचानमा जोड दिनुपर्ने उनले बताए। नयाँ क्लबको सञ्चालनले स्थानीयस्तरमा स्नूकर खेलप्रतिको आकर्षण बढाउनुका साथै प्रतिभावान् खेलाडीलाई आफ्नो क्षमता विकास गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

    कार्यक्रममा संघका सल्लाहकार शिशिर गुरुङ, वरिष्ठ उपाध्यक्ष बासु प्रधान तथा युवा समाजसेवी सुदीप घिमिरेको उपस्थिति थियो। 

    भैरहवा स्नूकर क्लब रेशम राना, अमित पुर्जा पुन र सुशील गुरुङले संयुक्त रूपमा सञ्चालनमा ल्याएका हुन्। क्लबले स्नूकर खेलमा रुचि राख्ने खेलाडी तथा खेलप्रेमीलाई लक्षित गर्दै सेवा प्रदान गर्नेछ। क्लबमा हाल तीनवटा बोर्डमा खेल्न सकिने सुविधा रहेको सञ्चालकले जानकारी दिए । 

    रुपन्देहीमा स्नूकर खेलको लोकप्रियता बढ्दै गएको सन्दर्भमा नयाँ क्लब सञ्चालनमा आउनुले खेलको व्यावसायिक विकास, खेलाडीको अभ्यास र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij