२०८३, कार्तिक २ गते

Oct 18 2026

images
images

तिलोत्तमा ८ संगमटोलका दुर्गा मन्दिरहरुमा फूलपाती भित्राइयो

तिलोत्तमा ८ संगमटोलका दुर्गा मन्दिरहरुमा फूलपाती भित्राइयो

तिलोत्तमा ८ संगमटोलका दुर्गा मन्दिरहरुमा फूलपाती भित्राइयो

तिलोत्तमा ८ संगमटोलका दुर्गा मन्दिरहरुमा फूलपाती भित्राइयो

तिलोत्तमा ८ संगमटोलका दुर्गा मन्दिरहरुमा फूलपाती भित्राइयो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक २ २०८३
आइतवार, कार्तिक २ २०८३
  • तिलोत्तमा । बडादशैंको सातौँ दिन अर्थात् सप्तमी तिथिमा मनाइने फूलपाती भित्र्याउने परम्परा अनुसार तिलोत्तमा नगरपालिका वडा नं ८ संगमटोलमा रहेका दुर्गा मन्दिरहरुमा फूलपाती भित्राइएको छ ।  पञ्चकन्या, टोलवासीहरु, वडाका जनप्रतिनिधि सहभागी भएर विधिपूर्वक दुर्गा भवानीको पूजा–आराधना गर्दै शुभता, शक्ति, समृद्धि र सुखशान्तिको प्रतीकका रूपमा टोलभित्रका मन्दिरहरुमा पुगेर फूलपाती भित्र्याइएको हो । 
    कार्यक्रममा वडा सदस्य कमलकान्त गौतम, संगम टोल विकास संस्थाका अध्यक्ष संगिता घिमिरे, उपाध्यक्ष गिता शर्मा लगायतको उत्साहजनक उपस्थिति थियो । फूलपातीमा बेलपत्र, अशोक, केरा, उखु, धानको बाला, दारिमलगायतका शुभ वनस्पति समावेश गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार फूलपाती भित्र्याएर घर, मन्दिर तथा शक्तिपीठमा स्थापना गरी दुर्गा भवानीको आराधना गर्दा घरपरिवारमा सुख, शान्ति, समृद्धि र कल्याण प्राप्त हुने विश्वास गरिन्छ। यसले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देशसमेत दिन्छ।
    नेपालमा विशेषगरी हनुमानढोका दरबारमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा ऐतिहासिक रूपमा प्रसिद्ध छ। नेपाली सेना, सांस्कृतिक समूह र परम्परागत बाजागाजासहित फूलपाती भित्र्याउने चलनले यस पर्वको राष्ट्रिय तथा सांस्कृतिक महत्त्वलाई झल्काउँछ।
    फूलपाती भित्र्याउनुको मूल सन्देश शक्ति र साहसको आराधना, प्रकृतिप्रतिको सम्मान, परिवारको कल्याण तथा समाजमा सुख, शान्ति र समृद्धिको कामना गर्नु र आफ्नो संस्कृति र परम्परालाई संरक्षण गर्नु रहेको टोल विकास संस्थाकी अध्यक्ष संगिता घिमिरेले बताइन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij