२०८३, कार्तिक ४ गते

Oct 20 2026

images
images

दशै टिकाको दिन पनि लुम्बिनी केबलकार सञ्चालन हुने

दशै टिकाको दिन पनि लुम्बिनी केबलकार सञ्चालन हुने

कामाख्या देवीको दर्शन गर्नाले मनोकामना पूरा हुने र मानव जीवनमा आइपर्ने संकट मोचन, पारिवारिक सुख शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेकाले नेपाल सहित भारत उत्तर प्रदेशबाट ठूलो संख्यामा धर्मावलम्बी र पर्यटकहरु आउने गरेको पूरोहित पौडेलले बताए ।

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक ४ २०८३
मंगलवार, कार्तिक ४ २०८३
  •  बुटवल । बुटवलको लुम्बिनी केबलकार दशैंको टिकाको दिन पनि खुल्ने भएको छ । हिन्दु नेपालीहरुको प्रमुख चाड बडा दशैंमा केबलकार यात्रा र कामाख्या देवी मन्दिर दर्शन गर्न चाहने भक्तजन र पर्यटकको सुविधालाई मध्यनजर गरी दशैंको टिकाको दिन समेत बिहान ९ बजेदेखि सांझ ७ बजेसम्म केबलकार सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।

    ‘दशैंको टिकाको दिन सहित दशैं विदाभरि सबै दिन केबलकार सञ्चालन हुन्छ’–केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थले भने । 

    चाडपर्वमा लुम्बिनी केबलकारको रोमाञ्चक यात्रा मार्फत ऐतिहासिक एवं धार्मिक स्थल बसन्तपुरमा पुगेर स्वच्छ, शान्त र रमणीय वातावरणमा घुमफिर गरी दशैं विदाको आनन्द लिन सकिने कायस्थले बताए ।  बडा दशैंको नवरात्रका अवसरमा बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिर र सय वर्षदेखि पुजा हुंदै आएको दुर्गा माताको मन्दिरमा समेत भक्तजनको आकर्षण रहेको मन्दिरका मूल पूरोहित सुरेश शर्मा पौडेलले बताए ।  

    कामाख्या देवीको दर्शन गर्नाले मनोकामना पूरा हुने र मानव जीवनमा आइपर्ने संकट मोचन, पारिवारिक सुख शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेकाले नेपाल सहित भारत उत्तर प्रदेशबाट ठूलो संख्यामा धर्मावलम्बी र पर्यटकहरु आउने गरेको पूरोहित पौडेलले बताए ।  

    बुटवलको बमघाटबाट पाल्पाको बसन्तपुरसम्म करिब तीन किलोमिटर दूरीको केबलकारले तराईको बुटवललाई पाल्पाको ऐतिहासिक बसन्तपुर डांडोलाई जोडेको छ । यसले धार्मिक पर्यटनसँगै एडभेन्चर र दृश्यावलोकनलाई एउटै गन्तव्यमा समेटेको छ । 
    पछिल्ला वर्षमा रुपन्देहीको पर्यटन नक्सामा सबैभन्दा नयाँ आकर्षणका रूपमा बुटवल–बसन्तपुर जोड्ने लुम्बिनी केबलकार स्थापित हुँदै गएको छ ।

    केबलकार यात्रापछि पुगिने बसन्तपुर अहिले धार्मिक पर्यटक, पारिवारिक घुमफिर गर्ने र साहसिक गतिविधिमा रुचि राख्नेहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । बसन्तपुरमा कामाख्या देवी मन्दिर प्रमुख धार्मिक आकर्षण हो । त्यससँगै पहाडी हरियाली मनोरम वातावरण, चिसो हावापानी र बुटवल तथा तराईको दृश्यले बसन्तपुरको आकर्षण बढाएको छ । धार्मिक संरचनासँगै जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्विङ, भ्यू प्वाइन्ट, बाल उद्यान तथा स्तरीय रेष्टुरेन्ट  सुविधा विस्तार भएका छन् । यसले बसन्तपुरलाई मन्दिर दर्शन गर्ने स्थलका रूपमा नभई ‘डे ट्रिप’ र पारिवारिक मनोरञ्जनको गन्तव्यका रूपमा विकास गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij