बुटवल । गुल्मीको कालीगण्डकी गाउँपालिका–२, दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।
सोमबार दिउँसो स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा एए ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा गुल्मी कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे तथा स्याङ्जा वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन् ।




