२०८३, कार्तिक ११ गते

Oct 27 2026

images
images

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सुखद सुरुआत

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सुखद सुरुआत

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सुखद सुरुआत

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सुखद सुरुआत

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सुखद सुरुआत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक १० २०८३
सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुखद सुरुआत गरेको छ । 

    सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको हो । लुम्बिनीले एनपीएलको इतिहासमा लिग चरणमा सुदूरपश्चिमविरुद्ध पहिलो पटक जित निकालेको हो । यसअघि दुई संस्करण खेल्दा टोलीले सुदूरपश्चिमलाई लिग चरणमा हराउन सकेको थिएन । 

    लुम्बिनीले जित निकाल्ने क्रममा सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य ९.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

    त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले १७.२ ओभरमा ८७ बनाउँदै अलआउट भयो ।  

    खेलमा सुदूरपश्चिमका मुख्य आशा गरिएका खेलाडीले सन्तोषजनक प्रर्दशन गर्न सकेनन् । सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे । जुन व्यक्तिगत रूपमा ब्याटरले बनाएको सर्वाधिक रन बन्यो ।  

    अनिल खरेलले १५ रन बनाए । ओपनर सैफ जैबले १३ रनमै रोकिए । अर्का ओपनर विनोद भण्डारीले नौ रन बनाएर पभेलिएन फर्किए । इशान पाण्डेले सात, अभिनाश बोहराले तीन, ब्रान्डन म्याकमुलेनले दुई, शेरफन रदरफोर्डले एक बनाउँदा आरिफ शेख, हेमन्त धामी र स्कट कुगेलेइन ‘डक’ आउट भएका थिए ।  

    लुम्बिनीले दोस्रो सिजन जित्दा फाइनलमा गरेको प्रदर्शनको झल्को दिलायो । गत सिजन लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा रोक्दै उपाधि जितेको थियो ।

    सुदूरपश्चिमलाई सस्तैमा रोक्न किशोर महतो र शेर मल्लको जोडी चम्कियो । किशोरले टोलीका लागि चार विकेट लिए । चार ओभर बलिङ गर्दा किशोरले २२ रन खर्चिएका थिए । 

    शेरले भने तीन विकेट लिए । शेरले चार ओभर बलिङ गर्दा ११ रन खर्चिए । त्यसैगरी, तिलक भण्डारी, कप्तान रोहत पौडेल र शाड्ली भान शाल्विकले समान एक विकेट लिएका थिए । 

    खेलमा यसै संस्करण पहिलो पटक प्रयोग गरेको डीआरएस प्रणालीको प्रयोग भयो । जसमा कूल पाँच अपिल भएको थियो । 

    जितसँगै लुम्बिनीले प्रतियोगितामा दुई अंक जोडेको छ । अब लुम्बिनीले दोस्रो खेलमा आगामी अक्टोबर ३१ मा चितवन राइनोजविरुद्ध खेल्ने तालिका छ । 

    खराब सुरुआत गरेको सुदूरपश्चिमले भने अक्टोबर २८ मा पोखरा एभेन्जसविरुद्ध खेल्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij