२०८३, कार्तिक ११ गते

Oct 27 2026

images
images

पाँचौँ निस्दी खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि न्यू होराइजन स्पोर्ट्स क्लब लाई

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक ११ २०८३
मंगलवार, कार्तिक ११ २०८३
  • पाल्पा ।  पाँचौँ निस्दी खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि न्यू होराइजन स्पोर्ट्स क्लब रूपन्देहीले जितेको छ । निस्दी–५, नमुना गाउँ, बेलौजी, पाल्पामा निस्दी ५ नमुना गाउँ बेलौजीद्वारा क्लबको २४औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा  न्यू होराइजन स्पोर्ट्स क्लबले जिल्ला भलिबल संघ पाल्पाको टोलीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। 

    कार्तिक ५ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको लुम्बिनी प्रदेशका विभिन्न ६ टोलीको सहभागिता रहेको उक्त प्रतियोगिताको उपाधिसँगै विजेता टोलीले नगद एक लाख एक हजार एक सय एघार रुपैयाँ , ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।

    प्रतियोगितामा न्यू होराइजन स्पोर्ट्स क्लबका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत विधातर्फ समेत सफलता हासिल गरेका छन्। क्लबका प्रदीप कुमार चौधरी सर्वोत्कृष्ट खेलाडी, जगदीश ओझा उत्कृष्ट सेटर तथा आयुष थापा उदयमान खेलाडी घोषित भएका छन्।

    प्रतियोगिताको समापन समारोह पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सन्दीप रानाको प्रमुख आतिथ्यतामा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । 
     प्रतियोगितामा प्राप्त सफलताले न्यू होराइजन स्पोर्ट्स क्लबको खेलकुद विकासप्रतिको प्रतिबद्धता, खेलाडीहरूको मेहनत तथा सामूहिक प्रयासलाई थप उजागर गरेको विद्यालय खेल प्रशिक्षक मिलन रानाले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij