२०८३, कार्तिक ११ गते

Oct 27 2026

images
images

बुटवलमा दर्ताबिनै फर्निचरको काम गर्ने गतिविधिविरुद्ध संघको अनुगमन, औजार जफत

बुटवलमा दर्ताबिनै फर्निचरको काम गर्ने गतिविधिविरुद्ध संघको अनुगमन, औजार जफत

बुटवलमा दर्ताबिनै फर्निचरको काम गर्ने गतिविधिविरुद्ध संघको अनुगमन, औजार जफत

बुटवलमा दर्ताबिनै फर्निचरको काम गर्ने गतिविधिविरुद्ध संघको अनुगमन, औजार जफत

बुटवलमा दर्ताबिनै फर्निचरको काम गर्ने गतिविधिविरुद्ध संघको अनुगमन, औजार जफत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक ११ २०८३
मंगलवार, कार्तिक ११ २०८३
  •  

    बुटवल । फर्निचर उद्योग संघ रुपन्देहीले बुटवलमा दर्ता नगरी फर्निचरसम्बन्धी काम भइरहेको भन्दै अनुगमन गरेको छ। संघले बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवल–९, इट्टाभट्टीस्थित एक होटल निर्माणस्थलबाट चार बोरा विद्युतीय उपकरणसहितका औजार जफत गरेको जनाएको छ।

    संघका अध्यक्ष जीवकान्त काफ्लेका अनुसार नयाँ होटल निर्माणका क्रममा कुनै पनि कार्यालयमा दर्ता नगरी गैरनेपाली नागरिकमार्फत लाखौँ रुपैयाँको फर्निचरसम्बन्धी काम भइरहेको सूचनाका आधारमा अनुगमन गरिएको हो। मौखिक सहमतिका भरमा ठूलो रकमको काम गर्दा राज्यले पाउनुपर्ने राजस्व गुम्ने जोखिम रहेको उनले बताए।

    अध्यक्ष काफ्लेले बुटवलमा दर्ता तथा कानुनी प्रक्रिया पूरा नगरी फर्निचरको काम गर्ने गतिविधि बढ्दै गएको बताए। घर, व्यवसायिक प्रतिष्ठान तथा होटल सञ्चालकले आवश्यक फर्निचर बनाउँदा दर्ता भएका उद्योगसँग काम नगराई गैरनेपाली नागरिक वा बिना दर्ता काम गर्ने व्यक्तिसँग लाखौँ रुपैयाँको कारोबार गर्ने प्रवृत्ति बढेको उनको भनाइ छ।

    ‘कर तिरेर कानुनी प्रक्रियाअनुसार सञ्चालन भएका फर्निचर उद्योग बन्द हुने अवस्थामा पुग्न थालेका छन्,’ काफ्लेले भने, ‘यस्ता गतिविधिले राज्यको राजस्वमा नोक्सानी पुर्‍याउनुका साथै वैधानिक रूपमा व्यवसाय गर्ने उद्योगीलाई समेत मर्का परेको छ।’

    संघले यस्ता गतिविधिले राज्यको राजस्व गुम्ने र कानुनी प्रक्रिया पूरा गरेर सञ्चालन भइरहेका उद्योग धराशायी हुने खतरा बढाएको जनाएको छ। व्यवसायी, घरधनी तथा प्रतिष्ठान सञ्चालकलाई फर्निचरसम्बन्धी काम गराउँदा सम्बन्धित उद्योगको दर्ता तथा कानुनी प्रक्रिया पूरा भए–नभएको सुनिश्चित गर्न संघले आग्रह गरेको छ।

    संघले कानुनी प्रक्रिया पूरा नगरी फर्निचरसम्बन्धी काम गर्ने तथा गराउने गतिविधि रोक्न आग्रह गर्दै आगामी दिनमा यस्ता कार्यविरुद्ध अनुगमनलाई थप कडा बनाउने जनाएको छ । औजार जफत गरि कार्यलयमा बुझाईएको छ ।

     

    अनुगमनमा संघका वरिष्ठ उपाध्यक्ष नेत्र रुचाल, महासचिव खिमबहादुर खड्का र सदस्य देवेन्द्र शर्मालगायत सहभागी थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij