२०८३, कार्तिक ११ गते

Oct 27 2026

images
images

बुटवलको देवीनगरमा प्रदर्शन गरियो परम्परागत सराय नाच

बुटवलको देवीनगरमा प्रदर्शन गरियो परम्परागत सराय नाच

बुटवलको देवीनगरमा प्रदर्शन गरियो परम्परागत सराय नाच

बुटवलको देवीनगरमा प्रदर्शन गरियो परम्परागत सराय नाच

बुटवलको देवीनगरमा प्रदर्शन गरियो परम्परागत सराय नाच
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक ११ २०८३
मंगलवार, कार्तिक ११ २०८३
  • बुटवल । वडादसैँ तथा कोजाग्रत पूर्णिमाको अवसरमा रुपन्देहीको बुटवल उप–महानगरपालिका–११, देवीनगरमा परम्परागत सराय नाच प्रदर्शन गरिएको छ । गुल्मी, अर्घाखाँची, पाल्पालगायतका पहाडी जिल्लामा प्रचलित सराय नाचलाई स्थानीयले बुटवलमा पनि निरन्तरता दिएका हुन् ।


    देवीनगरस्थित दुर्गा मन्दिर परिसरमा प्रदर्शन गरिएको सराय नाचमा सहभागीले काठका हतियार प्रदर्शन गर्दै ‘वाक्खै वाक्खै’ भन्दै परम्परागत शैलीमा नाच प्रस्तुत गरेका थिए । पहाडी जिल्लाको मौलिक संस्कृति र परम्परासँग जोडिएको सराय नाच हेर्न स्थानीय तथा संस्कृतिप्रेमीको आकर्षण रहने गरेको छ ।


    सराय नाच विशेषगरी दसैँको टीकाको भोलिपल्टदेखि कोजाग्रत पूर्णिमासम्म प्रदर्शन गर्ने परम्परा छ । खुँडा, भाला, तरबार, ढाललगायतका परम्परागत हतियार प्रयोग गरी युद्धको झल्को दिने गरी नाचिने सरायमा वीररस झल्किन्छ । विभिन्न भाका र लयमा हतियार जुधाउँदै नाचिने यो परम्परा धार्मिक आस्था, ऐतिहासिक घटना र सांस्कृतिक पहिचानसँग जोडिएको छ ।
    लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठान जिल्लाका विभिन्न कोटघर तथा दुर्गा र कालिका मन्दिरमा सराय नाचको विशेष महत्त्व छ । विशेषगरी अर्घाखाँचीको अर्घा, गुल्मीको इस्मालगायतका क्षेत्रमा सराय नाचलाई दसैँको महत्त्वपूर्ण सांस्कृतिक उत्सवका रूपमा लिने गरिन्छ । परम्परागत रूपमा पहाडी क्षेत्रका शक्तिपीठ र कोटघरमा प्रदर्शन गरिँदै आएको यो नाच पछिल्लो समय बसाइँसराइसँगै तराईका विभिन्न क्षेत्रमा पनि फैलिएको छ ।


    पहाडी जिल्लाबाट बसाइँसराइ गरी बुटवलमा बसोबास गर्ने समुदायले आफ्नो मौलिक संस्कृति र परम्परालाई जोगाउने उद्देश्यले सराय नाच प्रदर्शन गर्दै आएका छन् । बुटवलको देवीनगरमा नवदुर्गा मन्दिर समितिको आयोजनामा विगतदेखि नै सराय नाच प्रदर्शन हुँदै आएको छ । मन्दिर समितिका अध्यक्ष अर्जुन कुँवरका अनुसार नयाँ पुस्तालाई परम्परागत संस्कृतिबारे जानकारी गराउँदै यसको संरक्षण गर्ने उद्देश्यले नाचलाई निरन्तरता दिइएको हो ।


    पहिले पहाडी जिल्लाका निश्चित कोटघर र शक्तिपीठमा सीमित रहेको सराय नाच अहिले बुटवललगायत तराईका विभिन्न क्षेत्रमा पनि प्रदर्शन हुन थालेको छ । यसले बसाइँसराइसँगै संस्कृति र परम्परासमेत नयाँ स्थानमा विस्तार हुँदै गएको देखाउँछ । नयाँ पुस्तामा मौलिक कला र संस्कृतिप्रतिको चासो बढाउन तथा ऐतिहासिक परम्परालाई जीवन्त राख्न यस्ता सांस्कृतिक कार्यक्रम महत्त्वपूर्ण मानिन्छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij