२०८३, कार्तिक ११ गते

Oct 27 2026

images
images

चारपाला सामुदायिक वनमा नेतृत्व चयनमा अन्योल, आर्थिक कारोबारमाथि छानबिन सुरु

चारपाला सामुदायिक वनमा नेतृत्व चयनमा अन्योल, आर्थिक कारोबारमाथि छानबिन सुरु

चारपाला सामुदायिक वनमा नेतृत्व चयनमा अन्योल, आर्थिक कारोबारमाथि छानबिन सुरु

चारपाला सामुदायिक वनमा नेतृत्व चयनमा अन्योल, आर्थिक कारोबारमाथि छानबिन सुरु

चारपाला सामुदायिक वनमा नेतृत्व चयनमा अन्योल, आर्थिक कारोबारमाथि छानबिन सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक ११ २०८३
मंगलवार, कार्तिक ११ २०८३
  • टिआर बस्याल 
    रूपन्देही
    रूपन्देहीको बुटवल उप–महानगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाका उपभोक्ता आबद्ध चारपाला सामुदायिक वनमा नेतृत्व चयन र आर्थिक पारदर्शिताको विषयलाई लिएर विवाद चुलिएको छ । वनको नयाँ नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ भने आर्थिक कारोबार तथा व्यवस्थापकीय निर्णयमाथि उठेका प्रश्नबारे डिभिजन वन कार्यालय रूपन्देहीले छानबिन सुरु गरेको छ ।


    २ हजार १० दशमलव ०४ हेक्टर क्षेत्रफलमा फैलिएको चारपाला सामुदायिक वनमा करिब १५ हजार उपभोक्ता आबद्ध रहेको बताइएको छ । जिल्लाको कुल भूभागको ७.९५ प्रतिशत क्षेत्रफल ओगटेको यो वन पर्यावरण संरक्षण र जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। तर, पछिल्लो विवादले वनको व्यवस्थापन, नेतृत्व चयन र संस्थागत पारदर्शितामाथि प्रश्न उठाएको छ ।


    प्रमुख पदको निर्वाचन अन्योलमा
    सामुदायिक वनको ३२औँ साधारणसभासँगै नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको थियो। अधिकांश पदमा प्रतिनिधि निर्वाचित भए पनि प्रमुख पदहरूको निर्वाचन प्रक्रिया भने टुंगिन सकेको छैन ।


    प्रतिनिधि छनोट गर्दा सबै उपभोक्तालाई समान रूपमा सूचना नदिइएको, सीमित व्यक्तिको प्रभाव रहेको र निर्वाचन प्रक्रिया पारदर्शी नभएको भन्दै असन्तुष्टि व्यक्त भएको छ । यही विवादका बीच निर्वाचन समितिका सदस्यसहित केही पदाधिकारीले राजीनामा दिएपछि नेतृत्व चयन प्रक्रिया थप अन्योलमा परेको हो ।


    निर्वाचनको स्पष्ट कार्यतालिका सार्वजनिक हुन नसक्दा उपभोक्ताहरू अन्योलमा परेको बताइएको छ ।


    आर्थिक कारोबारको विवरण माग्दै सातदिने अल्टिमेटम
    नेतृत्व चयनसँगै वनको आर्थिक कारोबार र व्यवस्थापनका विषयमा समेत प्रश्न उठेका छन् । वन पैदावारको उपयोग, विभिन्न शीर्षकमा भएको खर्च तथा निर्माण गतिविधिमा पारदर्शिता कायम नगरिएको भन्दै जनगुनासो आएको छ। यद्यपि, यी विषयमा उठेका आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।


    यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बुटवल–१२ का वडा सभापति गिरिप्रसाद मरासिनीले सामुदायिक वनका अध्यक्षलाई पत्र पठाउँदै आर्थिक कारोबार तथा कार्यसमितिका निर्णयसम्बन्धी कागजात माग गरेका छन् । उनले सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन माग गर्दै आर्थिक पारदर्शितामा जोड दिएका छन् ।


    माग गरिएका विवरणमा कर्मचारीको तलब, भत्ता, उपदान, दैनिक ज्याला, नियुक्तिपत्र तथा बैठकका निर्णय समावेश छन् । त्यस्तै, पदाधिकारीले लिएको पारिश्रमिक, भत्ता तथा अन्य सुविधा, नगदी रसिद, बैंक भौचर, विभिन्न शीर्षकमा भएका खर्चका बिल र वन पैदावारबाट प्राप्त आम्दानीको विवरण पनि माग गरिएको छ ।


    नेपाल सरकार तथा अन्य निकायबाट प्राप्त अनुदान, ऐनविपरीत भएको भनिएका किनबेच र निर्माणसम्बन्धी निर्णयका कागजातसमेत उपलब्ध गराउन माग गरिएको छ । 


    डिभिजन वन कार्यालयद्वारा छानबिन
    विवाद र उपभोक्ताको गुनासो बढेपछि डिभिजन वन कार्यालय रूपन्देहीले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन अघि बढाएको छ ।


    कार्यालय प्रमुख प्रविण विडारीका अनुसार सैनामैना सबडिभिजन वन कार्यालय, मुर्गियाका प्रमुख तथा वरिष्ठ वन अधिकृत राजन खड्कालाई अनुसन्धानको जिम्मेवारी दिइएको छ ।
    वरिष्ठ वन अधिकृत खड्काले एक सातादेखि १० दिनभित्र अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाउने तयारी गरेको बताइएको छ । छानबिनबाट वनको आर्थिक कारोबार, व्यवस्थापकीय निर्णय र नेतृत्व चयन प्रक्रियासम्बन्धी उठेका प्रश्नको तथ्यगत अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ ।


    अध्यक्ष पौडेल भन्छन् : ‘भ्रामक कुराको पछि नलाग्नुस्’
    विवादका बिच चारपाला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ पौडेलले भने आफूहरूले मितव्ययिता अपनाउँदै प्रचलित कानुनी प्रक्रियाअनुसार काम गरिरहेको दाबी गरेका छन् ।
    उनले अनुसन्धानका लागि आवश्यक कागजात तथा विवरण डिभिजन वन कार्यालयमा बुझाइसकेको उल्लेख गर्दै आधिकारिक प्रतिवेदन सार्वजनिक नहुँदासम्म बाहिर आएका आरोप र चर्चाका आधारमा निष्कर्षमा नपुग्न उपभोक्तालाई आग्रह गरेका छन् ।
    छानबिन प्रतिवेदन सार्वजनिक भएपछि वास्तविक अवस्था स्पष्ट हुने अध्यक्ष पौडेलको भनाइ छ । चारपाला सामुदायिक वनमा नेतृत्व चयनको अन्योल र आर्थिक पारदर्शितासम्बन्धी विवाद समाधानका लागि अब छानबिन प्रतिवेदन, निर्वाचन प्रक्रियाको स्पष्टता र उपभोक्तालाई आवश्यक सूचना उपलब्ध गराउने विषय महत्त्वपूर्ण देखिएका छन् । वनको दीर्घकालीन संरक्षण तथा संस्थागत विश्वसनीयता कायम राख्न विवादित विषयको निष्पक्ष छानबिन र पारदर्शी व्यवस्थापन आवश्यक देखिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij