२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

२५६८ औं बुद्धजयन्तीमा के के हुँदैछ लुम्बिनीमा ?

२५६८ औं बुद्धजयन्तीमा के के हुँदैछ लुम्बिनीमा ?

२५६८ औं बुद्धजयन्तीमा के के हुँदैछ लुम्बिनीमा ?

२५६८ औं बुद्धजयन्तीमा के के हुँदैछ लुम्बिनीमा ?

२५६८ औं बुद्धजयन्तीमा के के हुँदैछ लुम्बिनीमा ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • लुम्बिनी । २५६८ औं बुद्धजयन्ती मनाउन लुम्बिनी क्षेत्रमा बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् । विकास कोषले आयोजना गर्ने मुल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल आउनेछन् । त्यसअघि लुम्बिनीमा अन्य कार्यक्रम आयोजना गरिएका छन् ।

    जेठ ९ गते लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय दुतावासको आयोजनामा बुद्ध धर्म र विश्वशान्ति विषयमा सेमिनार हुँदैछ । लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयको हलमा कार्यक्रम हुने विश्वविद्यालयका सूचना अधिकारी चुरामणि पोखरेलले जानकारी दिए ।

    त्यस्तै ९ गते नै भारतीय दुतावासको आयोजनामा बेवीबुद्ध पार्कमा सांस्कृतिक कार्यक्रमको आयोजना हुदैछ । यता, बुद्व जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्ती तथा लुम्बिनी दिवसकाे तयारी पुरा भएको लुम्बिनी विकास काेषले जनाएको छ ।

    लुम्बिनी विकास कोषले मंगलबार पत्रकार सम्मेलन गरी बुद्ध जयन्ती तथा लुम्बिनी दिवस कार्यक्रमकाे तयारी पुरा भएको जनाएको हो ।

    बुद्धको जन्म, वीधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसका रुपमा मनाउँदै आए‌को छ ।

    २५६८ श्री बुद्धजयन्ती एवम् लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृती पर्यटन तथा नागरिक उडडन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष हितबहादुर तामाङको संयोजकत्वमा ५६८ सदस्यीय आयोजक समिति गठन गरिएको काेषले जनाएको छ ।

    बुद्ध जयन्ती र लुम्बिनी दिवसलाई भब्य रूपमा मनाउन कोषका उपाध्यक्ष तथा संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिड)को संयोजकत्वमा मूल व्यवस्थापन समिति र पूजा, परित्राण तथा माणी मोलम व्यवस्था उपसमिति बनाइएको छ ।

    त्यस्तै कोषाध्यक्ष ढुण्डिराज भट्टराईको संयोजकत्वमा प्रचार प्रसार र रामग्राम देवदह समन्वय उपसमति तथा सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा तथा स्वयमसेवक उपसमिति गठन गरि तयारीलाई तिब्र पारिएको कोषले जनाएको छ ।

    यसैगरी योजना प्रमुख स्मिता भट्टको संयोजकत्वमा मायादेवी मन्दिर मञ्च साजसज्जा तथा सरसफाई उपसमिति लगायत अन्य विभिन्न उपसमिति गठन गरि तयारी गरिएको कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।

    उनका अनुसार कार्यकारिणी सदस्य विश्वराज पौडेलको संयोजकत्वमा शोभायात्रा व्यवस्थापन समिति, कार्यकारिणी सदस्य श्याम रोक्काको संयोजकत्वमा अतिथि सत्कार, आवास तथा यातायात व्यवस्था उपसमिति, कार्यकारिणी सदस्य रामनरेश कोहारको संयोजकत्वमा कपिलवस्तु समन्वय उपसमिति, परिषद सदस्य श्रीराम यादवको संयोजकत्वमा प्रसाद तथा भोजन व्यवस्था उपसमिति गठन गरिएको छ ।

    जेष्ठ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८ श्री बुद्धजयन्ती एवम् लुम्बिनी दिवस’ बिशेष समारोह हुने विकास कोषले जनाएको छ ।

    Buddha.jpg

    विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एव सस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङ सहित मन्त्री, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यहरु सहित उच्चस्तरीय पदाधिकारी, कुटनितिक नियोग, विदेशी पाहुनाहरुको समेत सहभागिता रहने कोषाध्यक्ष एवं प्रचार प्रसार संयोजक भट्टराई ले बताए ।

    जेठ ९ गते सांझ भारतीय दुतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी परिसरमा अहोरात्र महापरित्राण पाठ हुने काेषले जनाएको छ । मूल समारोहका दिन जेठ १० गते विहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरुको सहभागितामा प्रार्थनासभा, विहान साँढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा निकाल्ने तयारी छ ।

    लुम्बिनीमा जेष्ठ १० गते बिहान नेपाल, भारत र श्रीलंका सम्म पुग्नेगरी त्रिदेशिय मोटरसाईकल यात्रा समेत शुभारम्भ गरिने जनाइएको छ । यसका साथै बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राममा पण्डितपुर देखि रामग्राम सम्म अस्तु यात्रा, प्राचिन तिलौराकोट दरबार र देवदहमा पनि बुद्धजयन्तीमा कोष र स्थानीय तहहरुले विविध कार्यक्रम गरेर मनाईने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    यस्तै देवदहमा ८ गते बिहान बौद्ध स्थलहरुको सरसफाई र नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता र ९ गते लुम्बिनी विकास कोष, देवदह नगरपालिका र बौद्ध विश्व विद्यालयको सहकार्यमा एक समारोहको आयोजना गरिएकाे छ । भगवान बुद्धको महत्व दर्शाउनका लागि देवदह नगरपालिकामा नवलपरासीको रामग्राम नगरपालिका, कपिलबस्तुको कपिलबस्तु नगरपालिका सहित वृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न विकास कोषले अपिल गरेको छ ।

    बुद्धजयन्तीको भोलीपल्ट बर्षेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा जेष्ठ ११ गते हुनेछ। बोधिसत्व शिशु बोधिसत्वको घर फिर्तीको झल्को दिने गरी लुम्बिनीबाट मायादेवी मार्ग हुँदै प्राचिन कपिलबस्तुसम्म शोभायात्रा गरिने भट्टराईले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij