२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

न्यू होराइजन स्कूलमा मौलिक संस्कृतिको देउसी–भैलो

न्यू होराइजन स्कूलमा मौलिक संस्कृतिको देउसी–भैलो

न्यू होराइजन स्कूलमा मौलिक संस्कृतिको देउसी–भैलो

न्यू होराइजन स्कूलमा मौलिक संस्कृतिको देउसी–भैलो

न्यू होराइजन स्कूलमा मौलिक संस्कृतिको देउसी–भैलो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर ५ २०८३
शुक्रवार, मंसिर ५ २०८३
  • बुटवल । बुटवल–११ स्थित न्यू होराइजन इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा हरिबोधिनी एकादशीको अवसर पारेर देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
    विद्यालयअन्तर्गत क्रियाशील विभिन्न विद्यार्थी क्लबहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरूले नेपाली मौलिक कला, संस्कृति र परम्पराको झल्को दिने सांस्कृतिक प्रस्तुति राखेका थिए ।
    नेपाली मौलिक संस्कृति तथा परम्पराको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमको सुरुवात विद्यालयको प्रतीक चिह्न अंकित आकर्षक पुष्पमण्डला (रङ्गोली) निर्माण तथा दीप प्रज्वलनबाट गरिएको थियो ।
    कार्यक्रममा परम्परागत नेपाली भेषभूषा र मालामा सजिएका विद्यार्थीहरूले मौलिक देउसी–भैलोका भाकासँगै विभिन्न सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको प्रस्तुतिले नेपाली लोकसंस्कृति, चाडपर्व र परम्पराप्रतिको सम्मान तथा पुस्तान्तरणको सन्देश दिएको थियो ।

    विद्यालयका प्राचार्य वासुदेव अर्याल, उपप्राचार्यहरु राजीव श्रेष्ठ र राजेश पाण्डे तथा शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसँगै विद्यार्थीहरूबीच सामूहिक सहकार्य र सहभागिताको भावना अभिवृद्धि गर्ने अवसरसमेत जुटेको विद्यालयले जनाएको छ । विद्यालयका प्राचार्य वासुदेव अर्यालले विद्यालयले आफ्ना विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी अतिरिक्त क्रियाकलाप, खेलकुद, संस्कृति संरक्षण लगायत समाजका विभिन्न पक्षमा संलग्न गराई सर्वाङगीण विकासलाई उत्तिकै प्राथमिकता दिने गरेको बताउनुभयो । 
    विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्यालले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई नेपाली मौलिक कला, संस्कृति र परम्परासँग नजिक बनाउनुका साथै सांस्कृतिक पहिचानको संरक्षणमा अभिप्रेरित गर्ने बताउनुभयो ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij