२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

होराइजन गौतम बुद्ध माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

होराइजन गौतम बुद्ध माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

होराइजन गौतम बुद्ध माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

होराइजन गौतम बुद्ध माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

होराइजन गौतम बुद्ध माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर ७ २०८३
आइतवार, मंसिर ७ २०८३
  • बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको होराइजन गौतमबुद्ध सेकेन्डरी स्कुलले कक्षा ११ मा अध्ययनरत नवआगन्तुक विद्यार्थीको स्वागतमा आयोजना गरेको ‘स्वागत समारोह–२०८३’ शैक्षिक उपलब्धिको सम्मान, विद्यार्थी प्रतिभा प्रदर्शन र सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न गरेको छ ।

    कार्यक्रममा विद्यार्थीले शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक क्षेत्रमा हासिल गरेका उपलब्धि प्रस्तुत गरेका थिए ।

    कक्षा १२ विज्ञान विषय समूहमा अध्ययनरत छात्रा बाणी फुल्लेलको अध्यक्षता रहेको उक्त कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यबस्थापन कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद अर्यालको मूख्य आतिथ्यता रहेको थियो ।

    photo5.jpeg

    कार्यक्रममा कक्षा १२ को बोर्ड परीक्षामा ३.९६ जीपीए हासिल गर्दै उत्कृष्ट नतिजा ल्याउने कृष्टी जैसवाल र मयंक भुसाललाई गोल्ड मेडल प्रदान गरिएको थियो । एमबीबीएस प्रवेश परीक्षामा १३ औँ स्थान हासिल गर्ने आदर्श सापकोटा र अरुणा घिमिरेलाई सम्मान गरिएको थियो ।

    ‘आइडियल स्टुडेन्ट अवार्ड–२०८३’ अन्तर्गत कक्षा ११ र १२ का छ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगद छात्रवृत्ती प्रदान गरिएको कुरा शैक्षिक निर्देशक लक्ष्मणप्रसाद गौतमले बताए ।

    त्यस अवसरमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, प्रादेशिक परीक्षा व्यवस्थापन कार्यालय, बुटवलका शाखा अधिकृत कमलप्रसाद अर्यालले विद्यार्थीको सफलताका लागि विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य महत्त्वपूर्ण हुने बताए । तिलोत्तमा नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत धनीप्रसाद शर्माले शिक्षण संस्थाले विद्यार्थीको क्षमता पहिचान गरी त्यसलाई प्रस्फुटन हुने अवसर दिनुपर्ने धारणा राखेका थिए ।

    विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले शुभकामना मन्तव्य राख्दै विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन, अतिरिक्त क्रियाकलाप लगायत विकासलाई प्राथमिकतामा राख्दै आएको बताए ।

    कार्यक्रममा विद्यार्थीले आफ्ना अनुभव र अनुभूति पनि प्रस्तुत गरेका थिए । कार्यक्रमको सांस्कृतिक प्रस्तुति अन्तर्गत ३५ वटा समूहगत तथा एकल प्रस्तुति समावेश गरिएको थियो । मनोज सापकोटा र रुद्र भुसालको संयोजनमा सम्पन्न सांस्कृतिक कार्यक्रममा नेपाली तथा हिन्दी गीतका रिमिक्स, तामाङ सेलो, मारुनी, पटकोके झोरा, गायन र हास्य प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

    राष्ट्रिय कलाकार अर्जुन सापकोटाको प्रस्तुतिले कार्यक्रमको माहोल थप उत्साहपूर्ण र आकर्षक बनेको थियो ।
    कार्यक्रमकै अवसरमा होराइजन गौतमबुद्ध एलुम्नाई फोरम (एचजीबीएएफ) का २१ जना सदस्यलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । फोरमको अन्तरिम समितिको अध्यक्षमा किरण तिवारी, उपाध्यक्षमा स्विकार गिरी, सचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा सुस्मिता पराजुली र सहसचिवमा सदीक्षा पौडेल रहेका थिए ।

    विद्यालयका उपप्राचार्य इन्द्रप्रसाद भुसालले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । राख्दै नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालनमा रहेको होराइजन गौतमबुद्ध सेकेन्डरी स्कुलमा करिब तीन हजार आठ सय विद्यार्थी र दुई सय ६० शिक्षक तथा कर्मचारी कार्यरत छन् । मूल समारोहका उपसंयोजक तथा विद्यालयका संस्थापक डा. नारायणप्रसाद पन्थले विद्यार्थीहरुमा अन्तरनिहित क्षमतालाई उजागर गर्ने सन्र्धवमा राष्ट्रिय गायक अर्जुन सापकोटालाई आमन्त्रण गरिएको बताए ।

    कार्यक्रमको सञ्चालन डा. मुरारि पराजुलीको संयोजनमा सुमित भट्टराई, कृष्टिना सापकोटा,अनमोल राना, प्रयाश कार्कीले गरेको कुरा प्रशासकीय अधिकृत मुकुन्द भट्टराईले जानकारी दिए ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij