२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लुम्बिनीको प्रदेश प्रमुखमा घर्तीमगर नियुक्त

लुम्बिनीको प्रदेश प्रमुखमा घर्तीमगर नियुक्त

लुम्बिनीको प्रदेश प्रमुखमा घर्तीमगर नियुक्त

लुम्बिनीको प्रदेश प्रमुखमा घर्तीमगर नियुक्त

लुम्बिनीको प्रदेश प्रमुखमा घर्तीमगर नियुक्त
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • बुटवल । रोल्पा माडी गाउँपालिका-२ घर्तीगाउँ निवासी कृष्णबहादुर घर्ती मगर लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

    संघीय सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुख रहेका अमिक शेरचनलाई हटाएर कांग्रेसका पूर्व जिल्ला सभापती भएका घर्तीलाई प्रदेश प्रमुख बनाउन सिफारिस गरेको थियो ।

    उनी सहित तीन प्रदेश प्रमुखलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।  घर्ती रोल्पा जिल्लामा दुई पटक पार्टीको जिल्ला सभापती चुनिएका थिए ।

    १४ बर्ष जिल्ला सभापती भएर काम समेत गरेका उनि कांग्रेस फुट्ने बेलामा हालका पार्टी सभापती शेरबहादुर देउवा तर्फ लागेर प्रजातान्त्रीक कांग्रेसबाट जिल्लाको नेतृत्व गरेका थिए । पछी फेरी उनि पार्टी एकता पछी जिल्ला सभापती नै भए ।

    १२ औं महाधिवेसनमा भएको जिल्ला अधिवेसनबाट हाल प्रदेशको सभापती रहेका अमर सिंह पुनलाई हराएर सभापतीमा निर्वाचित भएका थिए । त्यसपछी मात्रै अमर सिंह पुन जिल्लाको सभापती बन्न पाएका थिए । रोल्पा जिल्ला माओवादीको किल्ला मानिएपनि कांग्रेसको झण्डा फहराउन घर्तीमगरले मेहनत भने गरिरहे ।

    सशस्त्र द्धन्द्धको समयमा पनि कांग्रेसमै टिकिरहेका उनि जनस्तरमा भिजेका नेताको रुपमा चिनिन्छन् । माओवादीलाई शान्तीप्रक्रियामा ल्याउन र बन्दुक त्यागेर शान्तीको मार्गमा ल्याउन स्थानीय स्तरमा उनले खेलेको भूमिकालाई पनि मुल्यांकनको रुपमा हेर्ने गरिएको छ ।

    २०४९ सालमा गाविस अध्यक्ष भएका र हाल सम्म लाभको पदमा नगएका उनलाई यस अघिको निर्वाचनमा समानुपातिक सांसदको सूचीमा राखिएको थियो । हाल घर्तीमगरको बसाई जिल्ला सदरमुकाम लिवाङमा छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij