२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘रावायण’ को टिजर सार्बजनिक, एक्शन अवतारमा पल

‘रावायण’ को टिजर सार्बजनिक, एक्शन अवतारमा पल

‘रावायण’ को टिजर सार्बजनिक, एक्शन अवतारमा पल

‘रावायण’ को टिजर सार्बजनिक, एक्शन अवतारमा पल

‘रावायण’ को टिजर सार्बजनिक, एक्शन अवतारमा पल
शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • काठमाडौँ । निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’ को टिजर सार्बजनिक गरिएको छ ।  

    संवादविहीन टिजर एक्शनले भरिएको छ । दोहोरो भूमिकामा रहेका पल शाह एक्सन फिल्ममा एक्शन अवतारमा रहेको टिजरबाट बुझ्न सकिन्छ । पल एउटा भूमिकामा लामो दाह्री(जुँगा र कपालमा देखिएका छन् भने अर्को भूमिकामा ‘क्लिनसेभ’ मा देखिएका छन् । फिल्ममा प्रमोद अग्रहरी, प्रकाश शाह र प्रदीप ढकाल नकारात्मक भूमिकामा रहेका छन् ।

    त्यस्तै फिल्ममा अभिनेत्री पूजा शर्मा पत्रकारको भूमिकामा रहेकी छन् । अभिनेत्रीद्वय प्रियंका कार्की र नीकिता चाण्डकलाई पनि टिजरमा देख्न सकिन्छ । 

    त्यस्तै फिल्ममा कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, रोजिता पराजुली लगायतको पनि अभिनय रहेको छ । त्यस्तै फिल्म ‘रावायण’मा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत र रामजी लामिछानेको कोरियोग्राफी एवं श्री श्रेष्ठको द्वन्द्व छ । फिल्म आगामी भदौ २१ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij