२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बुटवलमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय ब्युँताए आचार्यले

बुटवलमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय ब्युँताए आचार्यले

बुटवलमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय ब्युँताए आचार्यले

बुटवलमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय ब्युँताए आचार्यले

बुटवलमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय ब्युँताए आचार्यले
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १९ २०८१
शनिवार, श्रावण १९ २०८१
  • बुटवल  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा सम्पर्क कार्यालय तथा निवासलाई पुनः सञ्चालनमा ल्याएका छन् । 


    बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित आन्तरिक राजश्व कार्यालयको भवनमा ०७४ सालदेखि यो कार्यालय रहेकोमा यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए ।

    दाङको देउखुरीस्थित स्थायी राजधानीमा सबै मन्त्रालयहरु लगिएपनि पहिले बुटवलमा रहेका धेरै कार्यालयसँगको नियमित सम्पर्क तथा कार्यसम्पादनमा सहजता ल्याउन बुटवलमा कार्यालय राखिएको मुख्यमन्त्री आचार्यले जनाएका छन् । 


    ’बुटवलमा प्रदेश प्रमुखको कार्यालय पनि छ, पहिले यहाँ हुँदा धेरै सरकारी कार्यालयसँगको समन्वयमा काम गर्नुपर्ने हुन्छ, प्रदेश प्रमुखसँग पनि विभिन्न समयमा आइरहनुपर्छ त्यसका लागि पनि यहाँ आवश्यक देखियो’ मुख्यमन्त्री आचार्यले भने–’ म हरेक शुक्रबार नियमित यहाँ आउँछु, शनिबार पूरै यहाँको काम गर्नेछु, शुक्रबार साँझको समय र आइतबार बिहानको समय गरी यो क्षेत्रका सेवाग्राहीलाई यहीबाट सेवा दिने व्यवस्था मिलाएको छ, म नहुँदा पनि एक जना सचिवालयका कर्मचारी राख्ने व्यवस्था हुनेछ ।’


    यसअघि मुख्यमन्त्री कार्यालय धेरै ठाउँमा राखेको विषयमा आलोचना भएपछि सरकारले हटाएको थियो तर हरेक पटक बुटवलमा मुख्यमन्त्री आउँदा होटलमा बस्नुपर्ने, सचिवालयसहित सुरक्षा टोली बस्दा धेरै खर्च हुने हुँदा सानो इकाइको व्यवस्था गरिएको मन्त्री दिनेश पन्थीले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij