बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेको क्षितिज इन्टरनेशनल कलेजमा अव एमबिएको अध्यापन हुने भएको छ ।
यो भन्दा पहिला बिबिए, बिबिए–बीआई अध्यापन गराउँदै आएको कलेजमा चालु शैक्षिक सत्रबाट मास्टर अफ बिजनेशन एड्मिष्टेशनको पढाई हुने हुने भएको हो । पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी नयाँ कार्यक्रमको सुरुवात गरिएको हो ।
शनिवार तिलोत्तमा एक कार्यक्रमको आयोजना गरी कलेजको नयाँ कार्यक्रम सुरुवात गरिएको हो ।
पोखरा विश्व विद्यालयका एमबिए कार्यक्रमका पाठ्यक्रम विकास संयोजक तथा एमबिए कार्यक्रम संयोजक प्रोफेसर प्रा.डा. महानन्द चालिसेले एमबिए कार्यक्रमको सुरुवात गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रा.डा चालिसेले संसारलाई परिवर्तन गर्न चाहनेहरूको लागि एमबिए कार्यक्रम आफैमा ओझपूर्ण विषय भएको बताएका थिए ।
अहिले पनि नेपालमा कुल शिक्षाको ४८ प्रतिशत भन्दा बढी व्यवस्थापन शिक्षा हासिल गरेका व्यक्तिहरूको योगदान रहेको भन्दै उनले एमबिएको पढाइका लागि काठमाडौँ वा अन्य देशमा जानुपर्ने बाध्ययताको अन्त्य भएको बताएका थिए ।
बुटवलमा नै सहज रूपमा एमबिएको शिक्षा प्राप्त गर्न पाउनु आफैमा गौरवको विषय समेत भएको भन्दै उनले अहिलेको नयाँ पाठ्यक्रमले जागिर सँगै उद्यमशीलता समेत विकास गर्ने गरी डिजाइन गरिएको भन्दै एमबिए अध्ययन गरेका विद्यार्थीले व्यवस्थापकीय क्षमता सँगै नयाँ उद्यमशीलता वृद्धिमा समेत सहयोग पुराउने बताएका थिए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष जेपी कँडेलले नेपालबाट विदेश अध्ययनको लागि जाने परिपाटीको विकासको लागि सरकारको ठुलो कमीकमजोरी रहेको बताएका थिए । उनले यसको लागि स्वदेशमा नै उद्यमशीलता विकासका कार्यक्रम, सोही अनुसारको पाठ्यक्रममा अध्ययन अध्यापन गर्नुपर्नेमा जोड दिए ।
यस्तै होराईजन जीविएसका अध्यक्ष ज्ञानेन्द्र कसजुले न्यु होराईजन आफैमा देशको सशक्त ब्रान्डको रूपमा विकास भइरहेको बताउँदै ईन्जीनियरिङ्ग कलेजको समेत अवधारणा अगाडी बढिसकेको समयमा नेपाल सरकारबाट सम्बन्धन नदिँदा अफ्ठेरो भएको बताएका थिए ।
विगत लामो समय देखि यो विषयमा पहल गरेको भए पनि ईन्जीनयरिङ्ग जस्तै प्राविधिक शिक्षामा सरकारले गरेको ढिला सुस्तीको कारण विद्यालय पलायन हुनुको एउटा कारण भएको उनको भनाई थियो ।
न्यु होराईजन आवसिय विद्यालयका प्रधानाध्यापक लोकनाथ उपाध्यायले नेपालको शिक्षा प्रणाली विकास नहुनुमा विश्व विद्यालय सँगै नेपाल सरकारको मुख्य दोषी भएको बताए ।उनले स्वदेशमा नै रोजगारी सृजना, नेपाली माटो सुहाउँदो शिक्षा प्रणालीको विकास गर्न सकेमा दक्ष जनशक्ति विदेश पलायन रोक्न सकिने बताएका थिए ।
बुटवलमा नै घरमै बसेर, पारिवारिक वातावरणमा एमबिएको अध्ययन गर्न पाउनुको विद्यार्थीको लागि गोल्डेन अवसर भएको प्र अ उपाध्याले बताएका थिए ।
कार्यक्रममा ईन्सुरेन्सका धुब्र कोइराला, एमबिएका विद्यार्थी आकृति बज्राचार्य, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री लगायतले बोल्दै एमबिए कार्यक्रमको पूर्ण सफलताको कामना गरेका थिए ।
क्षितिज इन्टरनेशनल कलेजका प्राचार्य डा. सूर्य रानाले सन् २००९ बाट बिबिए कार्यक्रम सुरुवात गरेको कलेजले २०१३ मा बिबिए–बीआई समेत सञ्चालन गर्दै आएको जानकारी दिए ।
यसै शैक्षिक सत्र बाट एमबिए को अध्यापन सुरुवात गरिएको बताउँदै प्राचार्य रानाले विद्यार्थीहरूको लागि यो सुवर्ण अवसर रहेको बताएका थिए । कार्यक्रममा क्षिजीज ईन्टरनेशनल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षता तथा प्राध्यापक राजेन्द्र लम्सालको सञ्चालनमा भएको हो ।




