२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा नेपाली सेनाका जवानको आफैले चलाएको गोली लागी मृत्यु

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शनिवार, श्रावण १९ २०८१
शनिवार, श्रावण १९ २०८१
  • नवलपरासी । नवलपुरमा नेपाली सेनाका एक जना प्रहरी जवानको आफैले चलाएको गोली लागि मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार आज दिउँसो साढे १२ बजेको समयमा कावासोती नगरपालिका ७ बाँदरझुलामा रहेको नयाँ गोरख गण ख गुल्मा अमलटारी सेक्टरमा बाँदरझुला पोष्टमा कार्यरत नेपाली सेनाका जवान २२ बर्षीय सुदीप मिजारको आफूले चलाएको गोली लागेर मृत्यु भएको हो । 

    धादिङ जिल्लाको गल्छी गाउँपालिका ४ घर भई श्री गोरख गण कसरामा दरबन्दी भई हाल नयाँ गोरख गण ख गुल्ममा कार्यरत मिजारको निधन भएको हो । 

    मिजारले नयाँ गोरख गण ख गुल्म अमलटारी बाँदरझुला पोष्टको कोत घरमा रहेको ५ दशमलब ५६ एमएमको मिनी गनले आफैले आफ्नो घाँटीमा गोली हानेको प्रहरीले जनाएको छ ।  

    प्रहरी अहिले घटना स्थलमा पुगेको र घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । 

    पौडेलका अनुसार अहिले घटना स्थलमा घटनाको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि पठाइने तयारी भईरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij