बुटवल । बुटवल उपमहानगरपालिका १० मा रहेको कालिका मानव ज्ञान मावि शुक्रवार नेपाल परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा कम्प्युटर प्राविधिक विषयमा नेपाल प्रथम दाबी गरेको छ ।
प्रधानाध्यापक दिनेश थापाले अन्य संकायमा उत्कृष्ट नतिजा ल्याएको बताउँदै कम्प्युटर प्राविधिकमा नेपाल प्रथम बनेको दाबी गरे । उनका अनुसार प्राविधिक धारतर्फ कम्प्युटर प्राविधिकमा ३.९० ल्याई सौरब गौडेल नेपाल प्रथम भएको दाबी गरे ।
प्राविधिक तर्फ ४९ जना परीक्षामा सहभागी भएकोमा गौडेलको सर्वोत्कृष्ट नतिजा सहित ४३ जना उत्तिणर् भएको विद्यालयका प्राविधिक शिक्षा कोर्डिनेटर अरविन्द दुबेले जानकारी दिए। उनले २१ जना विद्यार्थीले ३.६ भन्दा माथि जिपिए ल्याएको बताए ।
विद्यालयबाट परीक्षामा सहभागी कुल १६ सय २२ विद्यार्थीमध्ये १४ सय २७ जना विद्यार्थी उत्तिणर् भएको विद्यालयले जनाएको छ ।
विज्ञान संकायमा ३ सय ७० जना, व्यवस्थापनमा ८ सय ४४, जना, कानुनमा ७२ जना, मानविकीमा २६ जना तथा शिक्षा संकायमा ७२ जना उत्तिणर् भएको विद्यालयले जनाएको छ ।




