२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सहकारी सम्बन्धमा भालुबाङमा प्रदेश स्तरीय अन्तरक्रिया हुंदै

सहकारी सम्बन्धमा भालुबाङमा प्रदेश स्तरीय अन्तरक्रिया हुंदै

सहकारी सम्बन्धमा भालुबाङमा प्रदेश स्तरीय अन्तरक्रिया हुंदै

सहकारी सम्बन्धमा भालुबाङमा प्रदेश स्तरीय अन्तरक्रिया हुंदै

सहकारी सम्बन्धमा भालुबाङमा प्रदेश स्तरीय अन्तरक्रिया हुंदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २० २०८१
आइतवार, श्रावण २० २०८१
  • बुटवल । नेपाली काङ्ग्रेस केन्द्रिय सहकारी बिभागले भोलि सोमबार दाङको भालुबाङमा प्रदेश स्तरीय सहकारी सम्बन्धी वर्तमान अवस्था, समस्या , चुनौती र समाधान बिषयक अन्तरक्रिया गर्दैछ ।

     पहिलो कार्यक्रम गण्डकीको पोखराबाट शुरु गरेको विभागले दोस्रो कार्यक्रम लुम्बिनीको भालुबाङमा गर्न लागेको विभागका प्रमुख देवेन्द्रराज कंडेलले जानकारी दिए ।

    अन्तरक्रियामा सहकारीमा वचत गर्ने वचतकर्ताको रकम सुरक्षित गर्न कस्ता नीति र कानून बनाउने  लगायतका विषयमा गहन छलफल हुने भएकाले सरोकारवाला सबै उपस्थित हुन उनले आग्रह गरेका छन् ।

    यसअघि पोखरामा भएको कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य एवं केन्द्रिय सहकारी बिभाग प्रमुख कंडेलले 
    समस्याग्रस्त  सहकारीका समस्या पहिचान गरी बचतकर्ताको रकम कसरी फिर्ता गर्न सकिन्छ भन्नेबारेमा पनि अन्तरक्रियामा राय सुझाव लिइने बताए ।

    केही खराब सहकारीका कारण सम्पूर्ण सहकारीको बदनाम भएकाले गलत गर्ने सहकारीलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्नुपर्ने बताएका थिए । समाजवादको प्रमुख अङ्ग सहकारी भएकै कारण सहकारीलाई दिगो रूपमा सञ्चालन गर्ने वातावरण सरहकारले बनाइदिनुपर्नेमा उनको जोड थियो ।

    कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, कांग्रेसका नेता एवं पूर्वमन्त्री जीतप्रसाद आले, कांग्रेस केन्द्रीय सहकारी विभागका उपप्रमुख भानुभक्त ढकाल लगायतले  सहकारी संस्थाहरु उत्पादनसँग नजोडिइकन सञ्चालक र सेयरधनीहरूलाई मुनाफा बाँड्ने काममा लाग्दा सहकारी डुब्ने अवस्थामा पुगेको बताएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij