२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

गुल्मीको उनाएचौरमा १३२ केभी लाइनको सबस्टेसन निर्माण

गुल्मीको उनाएचौरमा १३२ केभी लाइनको सबस्टेसन निर्माण

गुल्मीको उनाएचौरमा १३२ केभी लाइनको सबस्टेसन निर्माण

गुल्मीको उनाएचौरमा १३२ केभी लाइनको सबस्टेसन निर्माण

गुल्मीको उनाएचौरमा १३२ केभी लाइनको सबस्टेसन निर्माण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • गुल्मी । गुल्मीमा केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गर्न उनाएचौरमा सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाको रेसुंगा नगरपालिका–७, उनाएचौरमा १३२ केभी लाइनको सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

    सबस्टेसनसम्म आवश्यक पर्ने सम्पूर्ण निर्माणका काम सकेर अहिले ट्रान्सफर्मर चार्ज गर्ने कार्य भइरहेको उनाएचौर सबस्टेसनका स्टोर प्रमुख नारायण थापाले बताए ।

    जेठ महिनाभर चार्ज गर्ने काम लगायत सकेर विद्युत वितरण गर्ने तयारी भइरहेको उनले बताए । उनले भने, ‘अहिले यहाँका विभिन्न यन्त्र उपकरणहरुको चार्ज गर्ने काम छ । जेठको अन्तिमसम्म विद्युत वितरण गर्ने तयारी छ ।’

    यहाँबाट विद्युत विस्तार गरेसँगै अहिलेका धेरै समस्याहरु समाधान गर्ने स्टोर प्रमुख थापाको विश्वास छ । यन्त्र उपकारणलगायतका चेकजाँच भारतीय प्राविधिक टोलीले गरिरहेको छ ।

    हाल बुटवलको ३३ केभीएमार्फत् गुल्मीमा विद्युत वितरण भइरहेको छ । क्षमता कम हुँदा गुल्मीबासीले छिनछिनमा बत्ती जाने समस्या झेल्दै आएका छन् । केन्द्रीय प्रसारण लाइनको विद्युत गुल्मीमा जोडिएपनि लामो दूरी हुँदा छुट्टै सबस्टेसन बनाउन थालिएको हो ।

    नेपाल विद्युत प्राधिकरणको ४५ करोड रुपैयाँ लागतमा विद्युत सबस्टेसन निर्माण सुरु भएको हो । सबस्टेसन बनाउने जिम्मा सिग्मा कन–नरेन्द्र निर्माण जेभी बानेश्वर काठमाडौंले लिएको छ ।

    कपिलवस्तुको मोतिपुरमा रहेको सबस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुंगा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौँदीअमराई भएर बाग्लुङको बुर्तिबाङसम्म पुग्नेछ । अहिले १३२ केभिए मार्फत अर्घाखाँचीमा विद्युत वितरण भइरहेको छ ।

    गुल्मीको उनाएचौरसँगै पौदी अमराईमा पनि सबस्टेसन निर्माणको काम तीव्र गतिमा भइरहेको छ । स्थानीय जनक पन्थले सबस्टेसन बनेसँगै छिनछिनमा बत्तीजाने समस्याबाट छुटकारा पाउने विश्वास व्यक्त गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij